काठमाडौं । नागरिक लगानी कोषको कायम मुकायम (का.मु) कार्यकारी निर्देशकको जिम्मेवारी शुशील कुमार अर्याललाई दिइएको छ । कोषमा केही दिन देखी सो पद रिक्त रहेको थियो ।
कोष संचालक समितिको बुधबार बसेको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो । नेपाल ब्यवस्थापन संघ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेको अर्याल यो भन्दा अघि कोषको मुख्य ब्यवस्थापक पदमा कार्यरत थिए ।
कोषमा उनी अनुभवी ब्यक्तित्वको रुपमा परिचित रहेका छन । अर्यालले बाणिज्य सास्त्रमा स्नाकोत्तर तथा कानुनमा बिएल गरेका छन ।