arrow

काठमाडौं काँग्रेसको चुनावमा प्रचण्ड र प्रकाशमानको समर्थन वानियाँलाई

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
sabuj-team.jpg.jpeg
काठमाडौं। काँग्रेस महाधिवेशनको रस्साकस्सी बढ्दै गर्दा काठमाडौं जिल्ला अधिवेशन झनै पेचिलो बनेको छ। काठमाडौं जिल्लामा परम्परागत रुपमा संस्थापन पक्षको वर्चश्व रहेता पनि महामन्त्री प्रकाशमान सिंहले चालेको चालले काठमाडौंको राजननीति पेचिलो बनेको हो। सिंहको कारण संस्थापन निकट कार्यकर्ता संशकित भएका छन्। 
 
पार्टी फुटका बेला बरिष्ठ नेता शेर बहादुर देउवातिर रहेका प्रकाशमान पार्टी एकिकरणपछि संस्थापन पक्षबाट महामन्त्रीका उमेद्वार भएर निर्वाचित भएका थिए। पार्टी सभापति शुसिल कोइरालाका अत्यन्तै विश्वासपात्रका रुपमा रहेर काम गरेका सिंहले उनै कोइरालाको मृत्युपछि उनका अर्का समर्थक भिमसेनदास प्रधानलाई काठमाडौं काँग्रेसका सभापति हुन नदिन अनेक समिकरण गरेकोमा संस्थापन भित्रका काँग्रेस कार्यकर्ताहरु अचम्मित भएका छन्। महामन्त्री सिंहले किन संस्थापन पक्षबाटै यसअघी निर्वाचित समेत भएका प्रधानलाई रोक्न यत्रो जोड लगाए धेरैले आश्चर्य मानेका छन्। संस्थापन भित्र असन्तोष बढ्दा फाइदा पुग्ने आँकलन गरेर बसेका बरिष्ठ नेता देउवा भने यो राजनीतिबाट केन्द्रीय महाधिवेशनमा आफ्नो पक्षमा पार्ने गृहकार्यमा लागेका छन्। 
 
यसका लागि देउवाले काठमाडौं काँग्रेसमा आफ्ना भनेर चिनिएका नेताहरुलाई सिंहको उमेद्वारलाई समर्थन गर्दा केन्द्रीय महाधिवेशनमा आफूलाई कति संस्थापन निकटको मत आउँछ भनेर गृहकार्य गर्न लगाएका छन्। चित्तबुझ्दो अवस्था आए काठमाडौंको १२० मत मध्ये धेरै मत आफ्नो तर्फ आउने अनुमानका साथ देउवा पनि सिंहको उमेद्वारतिर जानसक्ने देखिएको छ। 
 
सिंहका तर्फबाट अन्तिम अस्त्रका रुपमा देउवासँग कार्यगत एकता गर्न सक्ने आशंका बढ्दै जाँदा देशभरका संस्थापन पक्षका नेता कार्यकर्ताहरुले सिंहलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न र संस्थापनका उमेद्वारहरुबीच मात्र भएको निर्वाचनमा थप चलखेलमा नलाग्न सुझाव दिएका छन्। राजनीतिक फाइदा उठाउन लागिपरेको देउवा पक्षलाई संस्थापन पक्षमा खेल्ने अवसर नदिन पनि उनीहरुले सिंह र सिंह समर्थक नेता कार्यकर्ताहरुलाई सुझाव दिएका छन्। तर अघिल्लोपटक पनि अधिकांश क्षेत्रीय सभापतिहरुको साथ लिएर पार्टी सभापति जिताउन खोज्दा पनि जिताउन नसकेका सिंह यो पटक दाउ खेल्ने मुडमा नभएको र कुनै पनि हालतमा प्रधानलाई रोक्न चाहेको सिंह नजिककाहरु बताउँछन्। भर्खरै मात्रै सरकारबाट बाहिरिएका सिंहले यसबीचमा सरकारमा हुँदा सरकारी साधन स्रोत उपयोग गरेर प्रभावित पारेकाहरुलाई समेत उपयोग गर्दै प्रधानलाई रोक्ने रणनीति बनाएको बताइएको छ। 
 
यसका अतिरिक्त साधन स्रोतका धनी सबुज वानियाँलाई सभापतिका उमेद्वार बनाएर सिंहले महाधिवेशनका लागि तयारी समेत गरेका छन्। सबुज वानियाँ भनेपछि देउवा निकटका कार्यकर्ताहरु रुष्ट भएपनि सिंह निकटहरुको सुझाव पछि सवुज नेता देउवालाई पनि मिलाउन लागिपरेका छन्। चुनावमा संस्थापन पक्ष भनेर प्रचार गरेपनि सबुज र सिंहको दोहोरो भुमिकापछि संस्थापनका काठमाडौंका नेताहरु पनि छक्क परेका छन्। 
 
शुसिल कोइरालाको निधन भएको १३ दिन नवित्दै काठमाडौं काँग्रेसमा महामन्त्री सिंह र उनका निकटहरुको यो नयाँ समिकरणले काठमाडौं काँग्रेसको समिकरणसँगै काँग्रेसको केन्द्रीय राजनीतिमा पनि उथलपुथल हुने निश्चत जस्तै देखिएको छ। पार्टी नेतृत्व हस्तान्तरणको यो संक्रमणमा नयाँ समिकरण बन्ने विग्रने त होला तर अस्ताएका शुसिल कोइरालाको आत्मा भने सबैभन्दा बढी भड्किने देखिएको छ। 
 
एकातिर प्रचण्डलाई संविधान सभा निर्वाचनमा पराजित गरेका राजन क्षेत्रीलाई सभापतिमा उम्मेदवारी दिन रोकेर प्रकाशमानले प्रचण्डका व्यापारिक साझेदारहरुसँग सहकार्य गर्दै आएका कारोवारी सबुज वानियाँलाई उमेद्वार बनाएर संस्थापनभित्रैका एकतर्फका साथीहरुलाई रोक्न पहल हुनु बुझिनसक्नु भएको प्रधान निकटहरु बताउँछन्। विगतमा कवाडीको ठूलो ठूलो कारोवार होसकी अहिलेको जग्गा सबै कारोवारमा प्रचण्डका अत्यन्तै विश्वासपात्रहरु वानियाँका साझेदार छन्। काठमाडौंको चुनावमा प्रचण्डका कतिपय मानिसहरु पनि वानियाँ जिताउन लाग्नुले वानियाँको नेक्ससको बारेमा काठमाडौंमा व्यापक चर्चा शुरु भएको छ। पहिला नयाँ वजारमा प्रचण्ड बसेको घर समेत वानियाँले नै खोजिदिएको बताइएको छ। वानियाँले आफ्नो प्रभाव देखाउनलाई नै प्रचण्डलाई त्यस समयमा आफ्नै घरको छेउमा घर खोजिदएका थिए। उनै वानियाँ अहिले सिंहको अत्यन्तै नजिक भएर उमेद्वार भएपछि धेरै अझ आश्चर्यमा परेका छन्।
 
 
प्रकाशमानले राजनलाई केन्द्रिय सदस्यमा जिताउने आश्वासन दिएपछि त्यसैमा मख्ख परेका उनले पनि सबुज बानियालाई समर्थन गर्न आफ्ना समर्थकहरुलाई भनेपनि उनीहरुले वानियाँलाई भोट नहाल्ने भएपछि वानियाँ आफै शेरबहादुर देउवाको शरणमा पुगेका छन्। नेपाल प्राध्यापक संघका अध्यक्ष भैसकेका भीमसेनदास प्रधानलाई जसरी पनि रोक्न वानियाँ सँगै प्रकाशमान सिंह पनि शेरवहादुरकहाँ पुगेपछि को संस्थापन र को देउवा पक्ष भन्दै कार्यकर्ताहरु विच्किएका छन्। उनीहरुले आफ्नो अनुकुल कार्यकर्ताहरुलाई प्रयोग गर्ने नेताहरुलाई महाधिवेशनबाटै कार्वाही गर्नुपर्ने माग समेत गर्न थालेका छन्। 
 
देउवालासई समेत प्रभावमा पार्न सक्नेगरि समिकरण बनाउन थालिएपछि त्यसको विरोधमा देउवा पक्षीय कार्यकर्ताहरु उत्रिएका छन्। कतिपयले देउवालाई बुझाउन प्रयास गरेपनि देउवाले समर्थन गर्न भनेर आफूहरुलाई नभनेको र भन्न पनि नसक्ने बताएका छन भने कतिपयले उनलाई त्यस्तो गर्न नदिन दवाव दिन निर्वाचनमा उमेद्वारी पनि दिएका छन्। क्षेत्र नम्वर १०का सांसद राजन केसीले सिंहका उमेद्वारलाई समर्थन जनाएपछि त्यहाँ देउवा पक्षीय नयाँ गठवन्धन देखिएको छ। सो गठवन्धनका तर्फबाट प्रणयसिंह मुन्नालाई सचिवमा उठाइएको छ। सो समुहले सबुजलाई मत नदिने बताएका छन्। उनीहरुले आफ्नो क्षेत्रबाट विद्यार्थी राजनीतिमा समेत लामो काम गरेका प्राध्यापन क्षेत्रका प्राज्ञिक व्यक्तित्व मुन्नालाई जिताउनुपर्ने अभियान गरेका छन्। 
 
कार्यकर्ताको तहबाट देउवामाथि परेको दवावपछि देउवाले पनि काठमाडौंका केहि नेताको राजनीति बचाउने नाममा केन्द्रीय राजनीतिलाई दाउमा लाउन नचाहेको निकटहरुलाई बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ