arrow

नेपालको प्रतिष्ठा दाउमा, मलेसियासंग भिडन्त

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
nepal-vs-malaysia1.JPG

काठमाडौं । एसीसी एसिया कप छनोट क्रिकेटमा नेपाल छनोटबाट लगभग बाहिरिएको छ । लगातार दुई हारसहित नेपाल पाँचौं स्थानमा छ भने लगातार दुई जितसहित जितसहित युएई र ओमान शिर्ष दुईमा छन् । 

हङकङ र मलेसिया तेस्रो र चौथो स्थानमा छन् । यस्तोमा नेपाल बाहिरिने लगभग पक्का छ । मलेसियामा जारी छनोटको तेस्रो खेलमा शनिबार नेपाल र मलेसिया भिड्दै छन् । 

वर्षाले गर्दा खेलमा ढिलाइ भएको छ । 

नेपालको प्रतिष्ठा मलेसियाविरुद्ध
नेपाल एसिया कपमा छनोट नभए पनि प्रतिष्ठा भने जोडिएको छ । नेपाल र मलेसियाको भेट अहिलेसम्म ५ पटक भएको छ । नेपालले ती सबै खेलमा मलेसियालाई पराजित समेत गरेको छ । 

यसले पनि नेपाललाई शनिबारको खेल जित्न मद्धत गर्नेछ । तर नेपालले जारी छनोट प्रतियोगितामा गरेको प्रदर्शनलाई हेर्ने हो भने नेपालको प्रदर्शनमा भरोसा गर्ने स्थिति छैन । 

यो खेल नेपालका लागि प्रतिष्ठा नै हो । एक दिवसीय मान्यताप्राप्त नेपालले अप्रत्यासित खेल्दै आएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ