यूइएफए बर्ष खेलाडीमा मोडेरिकसँगको हारपछि रोनाल्डो क्रुद्ध
प्रकाशित २०७५ भदौ १६ शनिबार
287
Shares
मिलान। यूरोपेली च्याम्पियन्स लिग (यूइएफए) को बर्ष खेलाडीको व्यग्र प्रतिक्षा गर्दै आएका क्रिस्टियानो रोनाल्डो उपाधि क्रोयसियाका लुका मोडरिकले हात पारेसँगै क्रुद्ध बनेका युभेन्टस फुटबल क्लबका प्रशिक्षक मासिमिलानो अलेग्रीले शुक्रबार खुलासा गरेका छन्।
रियल म्याड्रिड तथा क्रोयासियाको फुटबल टोलीमा मध्येक्षेत्रमा खेल्ने प्रसिद्ध खेलाडी मोडरिकले आफ्ना पूर्व टोली कप्तान रोनाल्डो र लिभरपुलका मोहम्मद सालालाई पछि पार्दै बिहीबार मोनाकोमा आयोजित पुरस्कार वितरण समारोहमा यस बर्षको बर्ष खेलाडी बन्न सफल भएका हुन्। बिहीबार उन (रोनाल्डो) साह्रै क्रुद्ध बने र यो सामान्य कुरा मात्र हो, अलेग्रीले भने।
रानाल्डोले च्याम्पियन्स लिग मा अन्य सहयोगी खेलाडीको मद्दतमा १५ गोल गरे। उनकै टोलीका एक अर्का खेलाडीले पुरस्कार जित्यो। रोनाल्डोको धारणाले उनी अझै कति समय सर्वोत्कृष्ट खेलाडी रहेन, शङ्का लाग्छ। यो हाम्रो लागि फाइदाको कुरा हो। अलेग्रीले थपे, “मोडरिकको छनौट मतदाताहरूको व्यक्तिगत छनौट थियो र यसलाई यस्तै रूपमा स्वीकार गर्नुपर्छ।”
तेत्तीस बर्षीय रोनाल्डोलाई भने पत्रकार र च्याम्पियन्स लिग तथा यूरोपा लिगका फुटबल प्रशिक्षकहरूले सर्वोत्कृष्ट गोलकर्ताको उपाधिका लागि छनौट गरेका छन्। विश्वकपमा पनि सर्वोत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत भएका मोडरिकको एकपछि अर्को गर्दै मिलेका सफलताले रोनाल्डो र लियोनल मेसीद्वारा करिब एक दशक कब्जा जमाएको बालन डि–ओरका लागि पनि दावेदार बनाएको छ।
विश्व बर्ष खेलाडीको उपाधि पाँच पटक हात पारेका रोनाल्डोले रियल म्याड्रिड छोडेर यसै सिजनदेखि इटालियाली क्लब यूभेन्टसमा आवद्ध भएका हुन्। एएफपी