arrow

कोइरालाको प्रभाव क्षेत्र प्रदेश ५ मा काँग्रेस संस्थापन वलियो; खुम बहादुरको भुमिका निर्णायक

कुन कुन जिल्लामा के छ स्थिति

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
pradesh-5-congress.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका सभापति स्वर्गीय शुसिल कोइरालाको गृहजिल्ला रहेको बाँकेले मध्यपश्चिमको राजनीतिलाई धेरै अर्थमा निर्देशित गर्दछ। उनको निधनपछि त्यो अवस्था के हुन्छ धेरैको जिज्ञासा रहेको छ। मध्यपश्चिमबाटै अर्का राजनीतिक खेलाडी खुमबहादुर खड्का पनि केन्द्रीय राजनीतिमा दाउ खेलिरहेका छन्। उनको प्रभाव पनि यस क्षेत्रमा बढी हुन्छ। साविकको मध्यपश्चिम र पश्चिमाञ्चलका केहि भाग मिलाएर बनेको हालको प्रदेश नम्वर ५ यस क्षेत्रका नेताहरु शशांक कोइराला, बालकृष्ण खाँड, चन्द्र भण्डारीको पनि प्रभाव हुने मानिन्छ। विभिन्न नेताहरुको विभिन्न प्रभाव हुँदाहुँदै पनि यस प्रदेशमा संस्थापन पक्ष र बरिष्ठ नेता देउवा पक्षबीच प्रतिष्पर्धा देखिन्छ। कुल ४४४ महाधिवेशन प्रतिनिधी मध्ये संस्थापन पक्ष ५३ प्रतिशत सहित यस प्रदेशमा स्पष्ट बहुमतमा दखिएको छ। देउवा पक्षमा ४० र खड्का पक्षमा ७ प्रतिशत मत रहेको छ। खड्का जता जान्छन उनको समुहमा रहेको मत त्यतै जाने देखिएको छ। तर यो आँकडामा महाधिवेशनको मितिसम्म आइपुग्दा विभिन्न प्रभावहरुका कारण केहि तल माथि पर्ने अनुमान गरिएको छ। 
 
जिल्लाः दाङ
क्षेत्रः ५
जिल्ला अधिवेशन हुन बाँकी
जिल्ला सभापतिका उमेदवारः 
अनिता देवकोटा (संस्थापन पक्ष)
कृतिबहादुर खड्का (खुमबहादुर)
कमलकिशोर घिमिरे (स्पष्ट नखुलेको)
जानकीलाल बस्नेत (देउवा पक्ष)
महाधिवेशन प्रतिनिधिः ६० जना
संस्थापन पक्ष  – २८ जना 
देउवा पक्ष– १२
खुमबहादुर पक्ष– २०                     
दाङ प्रदेश नं. ५ को विशेष महत्व बोकेको जिल्ला हो। यस जिल्लामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ भने जम्मा ६० जना महाधिवेशन प्रतिनिधि यस जिल्लाबाट चयन भएर आएका छन्। दाङमा सभापतिको निर्वाचनका लागि चार जना उमेदवार उभिएका छन्। जसमध्ये अनिता देवकोटा संस्थापन पक्ष, जानकारी लाल बस्नेत देउवा पक्ष, खुमबहादुर खड्काको जिल्ला समेत भएकाले खड्काको पक्षबाट कृतिबहादुर खड्का उमेदबार बनेका छन्। यस्तै कमलकिशोर घिमिरेको स्पष्ट लाइन खुलेको देखिएको छैन। ६० जना महाधिवेशन प्रतिनिधि मध्ये २८ जना संस्थापन, २० जना खड्का र १२ जना देउवा पक्षका रहेका छन्। 
जिल्लाः रोल्पा
क्षेत्रः २
सभापतिका उमेदवार 
अमरसिंह पुन (संस्थापन)
मानवहादुर खत्री (देउवा पक्ष)
महाधिवेशन प्रतिनिधिः २४ 
संस्थापन पक्षः १५
देउवा पक्षः ९
रोल्पा २ वटा क्षेत्र भएको जिल्ला हो। यो जिल्लामा पनि नेपाली कांग्रेसको १३ औं महाधिवेशनको रौनक छाएको छ। जिल्ला कार्यसमितिको निर्वाचन मंगलबार सुरु भएको छ। यस जिल्लामा संस्थापन पक्षबाट अमरसिंह पुन सभापतिका उमेदबार बनेका छन् भने देउवा पक्षबाट मानवहादुर खत्री उमेदबार रहेका छन्। २ वटा क्षेत्र रहेको यस जिल्लामा संस्थापनको बाहुल्यता देखिएको छ। संस्थापनमा १५ जना र देउवा पक्षमा ९ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । 
 
जिल्लाः रुपन्देही
क्षेत्रः ७ 
अधिवेशन सम्पन्न 
सभापतिः अब्दुल रजक (देउवा पक्ष) 
महाधिवेशन प्रतिनिधि– ८४
संस्थापन– ४०
देउवा– ४४
७ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देही प्रदेश नं. ५ का लागि महत्वपूर्ण देखिएको छ। यहाँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। देउवा पक्षबाट सभापतिका उमेदवार बनेका अब्दुल रजाक विजयी भएका छन्। तुलनात्मक रुपमा महाधिवेशन प्रतिनिधिमा भने देउवा पक्ष बलियो देखिएको छ। देउवा पक्षमा ४४ जना महाधिवेशन प्रतिनिधि रहेका छन् भने संस्थापन पक्षमा ४० जना प्रतिनिधि रहेका छन्। 
 
जिल्लाः गुल्मी
क्षेत्रः ३ 
जिल्ला अधिवेशन हुँन बाँकी
सभापतिका उमेदवारः 
भूवन श्रेष्ठ (संस्थापन पक्ष)
शालिक पन्थी (संस्थापन पक्ष)
छन्द पहराइ ( देउवा पक्ष)
दामोदर भुषाल (देउवा पक्ष)
महाधिवेशन प्रतिनिधिः ३६ जना 
संस्थापन पक्षः २० जना
देउवा पक्षः १६ जना
कांग्रेसको १३ औं महाधिवेशनको रौनक गुल्मिमा पनि उस्तै रह्यो। यहाँ जिल्लाको अधिवेशन हुँन बाँकी रहेको छ। यहाँ सभापतिका उमेदवारहरु दुई जना संस्थापन पक्षका र दुई जना देउवा पक्षका रहेका छन्। यस जिल्लामा महाधिवेशन प्रतिनिधि संस्थापन पक्ष र देउवा पक्षको तुलनात्मक रुपमा उस्तै रहेको छ। संस्थापनको २० जना र देउवाको १६ जना प्रतिनिधि रहेका छन्। 
जिल्लाः बाँके 
क्षेत्रः ४ 
दोस्रो चरणको निर्वाचन बाँकी 
सभापति उमेदबारः किरण कोइराला (संस्थापन)
निरन्जनसिंह सिजापति (संस्थापन)
पहिलो चरणबाट बाहिरिएका सभापतिका उमेदवार
नारायण गौडेल (संस्थापन)
लक्ष्मिनारायण साह (संस्थापन)
महाधिवेशन प्रतिनिधिः ४८ जना
संस्थापनः २६ जना 
खुमबहादुरः १६ जना
देउवा पक्षः ६ जना 
बाँके स्वर्गीय सुशील कोइरालाको गृहजिल्ला हो। यस क्षेत्रमा संस्थापनकै बाहुल्यता देखिएपनि संस्थापनबाटै सभापतिका उमेदबारहरु पाँच जना रहेका थिए। पहिलो चरणको निर्वाचनबाट नारायण गौडेल र लक्ष्मिनारायण साह बाहिरिएपछि दोस्रो चरणको निर्वाचनका लागि किरण कोइराला र निरन्जनसिंह सिजापति प्रतिष्पर्धामा उत्रिएका छन्। देउवा र खड्काका निकटहरु सिंजापतिलाई समर्थन गरेर आफ्नो पक्षमा पार्न गोप्य वैठकहरुमा लागेका छन्। उनीहरुले आफूहरुले समर्थन गरेर जीते केन्द्रमा शेर बहादुर देउवालाई समर्थन गर्नुपर्ने शर्त राखेका छन्। ४८ जना महाधिवेशन प्रतिनिधि रहेको यस जिल्लामा संस्थापनको पक्षमा २६, खुमबहादुरको पक्षमा १६ र देउवाको पक्षमा ६ जना रहेका छन् । जिल्लाको नयाँ समिकरण बने महाधिवेशन प्रतिनिधी केहि तलमाथि हुनसक्छन। 
 
जिल्लाः पाल्पा
क्षेत्रः ३
जिल्ला अधिवेशन सम्पन्न
सभापतिः वीरबहादुर राना (देउवा पक्षका हरि नेपालसँग कार्यगत एकता गरि सर्वसम्मत)
महाधिवेशन प्रतिनिधिः ३६ जना
संस्थापन पक्षः २ जना
देउवा पक्षः १४ जना
वीरबहादुरको पकडमाः २० जना
पाल्पा जिल्लाको अधिवेशन सम्पन्न भएको छ । यस जिल्लामा पहिले संस्थापनको पक्षमा रहेका वीरबहादुर राना सर्वसम्मत रुपमा सभापतिमा चयन भएका छन् । उनी हरि नेपालसँगको (जो देउवा निकट नेता हुन्)  कार्यगत एकताबाट सर्वसम्मत चयन भएका हुन् । राना केन्द्रीय सदस्य राजन पन्त (जो संस्थापन पक्षका हुन्) विरुद्धमा लागेका थिए । महाधिवेशन प्रतिनिधिको सन्दर्भमा २० जना रानाको पक्षमा छन् भने १४ जना हरि नेपाल अर्थात देउवा पक्षका छन् । विशेष रुपमा संस्थापन नै भनेर २ जना राजन पन्तका पक्षमा देखिएका छन् । 
 
जिल्लाः प्युठान
क्षेत्रः २
जिल्ला अधिवेशन हुँन बाँकी 
सभापतिका उमेदवारः 
अमर भण्डारी (संस्थापन)
शिव रिजाल (देउवा पक्षको समर्थन)
पहिलो चरणबाट बाहिरिएका
खिमान रायमाझी
महाधिवेशन प्रतिनिधिः २४ जना
संस्थापन पक्षः १९ जना
देउवा पक्षः ५ जना
प्यूठानमा जिल्लामा सभापतिमा दोस्रो चरणको निर्वाचन हुँन बाकी रहेको छ । यस जिल्लामा २ वटा क्षेत्र रहेको छ । सभापतिमा संस्थापनका अमर भण्डारी उमेदबार बनेका छन् भने शिव रिजाललाई देउवा पक्षको समर्थन देखिएको छ । २४ जना महाधिवेशन प्रतिनिधि रहेको यस जिल्लामा १९ जना संस्थापन पक्ष र ५ जना देउवा पक्ष रहेका छन् । 
 
जिल्लाः कपिलबस्तु
क्षेत्रः ५ 
जिल्ला अधिवेशन सम्पन्न
सभापतिः सुरेन्द्रराज आचार्य(संस्थापन निर्वाचित)
महाधिवेशन प्रतिनिधिः ६० जना
संस्थापन पक्षः ४८ जना
देउवा पक्षः १२ जना
कपिलवस्तु जिल्लामा नेपाली कांग्रेसका अधिवेशन सम्पन्न भएको छ। यस जिल्लामा सभापतिमा संस्थापन पौडेल पक्षका सुरेन्द्रराज आचार्य विजयी भएका छन्। यस क्षेत्रमा महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षकै बाहुल्यता देखिएको छ। ६० जनामा ४८ संस्थापन पक्षका रहेका छन् भने १२ जना देउवा पक्षका रहेका छन्। 
 
जिल्लाः अर्घाखाँची
क्षेत्रः २
अधिवेशन सम्पन्न
सभापतिः विष्णुप्रसाद खनाल (संस्थापन)
महाधिवेशन प्रतिनिधिः २४ जना
संस्थापन पक्षः १९ जना
देउवा पक्षः ५ जना
अर्घाखाँची जिल्लामा सर्वसम्मत सभापति चयन भएका छन् । सभापतिमा संस्थापन पक्षका विष्णुप्रसाद खनाल सर्वसम्मत चयन भएका हुन् । यस जिल्लामा २४ जना महाधिवेशन प्रतिनिधिमा १९ जना संस्थापनका रहेका छन् भने ५ जना देउवा पक्षका रहेका छन् ।  
 
जिल्लाः वर्दिया
क्षेत्रः ४
जिल्ला अधिवेशन सम्पन्न
सभापतिः सञ्जय गौतम (संस्थापन पक्ष निर्वाचित)
महाधिवेशन प्रतिनिधिः ४८ जना
देउवा पक्षः २६ जना
संस्थापन पक्षः २२ जना
नेपाली कांग्रेसको १३ औं महाधिवेशनको रौनकले वर्दियालाई छोइसकेको छ। यहाँको जिल्ला अधिवेशन सम्पन्न भएको छ। यहाँ महाधिवेशन प्रतिनिधिमा देउवा पक्षको बाहुल्यता देखिएको छ। निर्वाचित सभापतिमा संस्थापनका सञ्जय गौतमले बाजी मारेका छन्। महाधिवेशन प्रतिनिधिमा २६ जना देउवा पक्ष र २२ जना संस्थापन पक्षका रहेका छन्। यस जिल्लामा ४८ जना महाधिवेशन प्रतिनिधि हुन्। 
जिल्लास्थित सहकर्मीहरुको सहकार्यमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ