arrow

नाडा अटो सोमा १९ ब्राण्डका ४ पाङ्ग्रे र २० ब्राण्डका २ पाङ्ग्रे सवारी साधन हुने 

हरेक दिन प्रवेश टिकटबाट एक जनालाई विशेष उपहार 

logo
प्रकाशित २०७५ भदौ १७ आइतबार
NADA.jpg

काठमाडौं । १३ औं संस्करणको नाडा अटो शो भव्यपूर्वक सम्पन्न हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा हुने नाडा सोमा सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा गराई नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार–प्रसार प्रवर्द्धन गर्नु यसको मुख्य उद्धेश्य रहेको बताइयो । 

नाडा अटो सोले आम सर्वसाधारणलाई सवारी साधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउने साथै सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालना एवं सडक सुरक्षा सम्बन्धी व्यापक जनचेतनाको अभिवृद्धि गर्ने प्रयासले निरन्तरता पाउने पनि आयोजकको दावी छ । 

यस वर्ष नाडा अटो शोमा ४ पाङ्ग्रे, २ पाङ्ग्रे र अटो कम्पोनेन्ट्सको अत्यधिक मागलाई ध्यानमा राखी यस वर्ष तीनवटा ह्याङ्गरहरु राखिने छन् भने ठाउँको अभावले गर्दा हेभी कमर्शियल गाडीहरु प्रदर्शनमा राखिने छैनन् । 

यही भदौ २६ देखि ३१ गतेसम्म ६ दिन चल्ने नाडा अटो सोमा १९ वटा ब्राण्डका ४ पाङ्ग्रे तथा २० वटा ब्राण्डका २ पाङ्ग्रे सवारी साधनहरु रहने प्रेस विज्ञप्तिमा जनाइएको छ । 

१३४ वटा ब्लक तथा स्टलहरु रहने नाडा सो यसपटक पनि राजधानीको भृकुटीमण्डपमै आयोजना हुनेछ । 

नाडा अटो शो २०१८ एउटा किनमेलको थलोमात्र नभई सूचनाको आदान–प्रदान, बजार विश्लेषण तथा समग्र नेपाली अटोमोबाइल व्यवसायको समष्टिगत विकासलाई प्रस्तुत गर्ने विश्वसनीय मञ्चसमेत बन्ने विश्वास आयोजकले गरेको छ । 

यस वर्ष प्रवेश टिकटमा प्रत्येक दिन गोलाप्रथाद्धारा भाग्यशाली विजेतालाई जय माँ इन्टरकन्टिनेन्टल प्रालिले प्रायोजित गरेको कुलप्याड मेगा २.५ डी प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । 

मेलामा झण्डै ६० हजार आगन्तुकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजकको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ