काठमाडौं। धितोपत्र बजारमा विभिन्न पाँच कम्पनीको एक करोड ७० लाख तीन हजार ८३ कित्ता शेयर सूचीकृत भएको छ। ती शेयरको मूल्य रु एक अर्ब ७० करोड बराबरको रहेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सिटिजन बैँक इन्टरनेशनलको चार लाख ६३ हजार ८२६ कित्ता शेयर थप सार्वजनिक निस्काशन, सूर्य लाइफ इन्स्योरेन्सको २८ लाख ८७ हजार ५०० हकप्रद शेयर सूचीकृत भएको छ।
यस्तै कुमारी बैँक लिमिटेडको एक करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद शेयर तथा युनाइटेड फाइनान्स कम्पनीको १२ लाख ७८ हजार १३९ कित्ता बोनस शेयर र मञ्जुश्री फाइनान्स लिमिटेडको चार लाख ३४ हजार ६२७ कित्ता बोनस शेयर सूचीकृत भएको छ। रासस