arrow

नेपाल बैंक लिमिटेड र इजीलिंक रेमिट्यान्सबीच सम्झौता

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
easylink.jpg

काठमाडौं। नेपाल बैंक लिमिटेड र इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स रकम भुक्तानी सम्बन्धि सम्झौता भएको छ। सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र प्रताप शाह, मुख्य प्रबन्धक होम बहादुर खड्काले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। 

इजीलिंकले “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत १९ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको छ। यो सम्झौतापछि अब जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशबाट इजीलिंक रेमिट्यान्स मार्फत आएको रकम नेपाल  बैंकका देशभरी रहेका १४० शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिने भएको छ ।

सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रबन्ध निर्देशक  दिपेन्द्र खनालले  विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन यो सम्झौताले थप सहज बनाउने र आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसंग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाइ तिब्र पार्नुका साथै अन्य देशबाट पनि रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी गराए । 

यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजीलिंक रेमिट्यान्सका ५००० भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनाल ले जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ