arrow

तिव्वतको सिमानामा रहेको हुम्लाको लिमीमा पर्यटन महोत्सव हुँदै, कर्णालीका मुख्य मन्त्री पुगे

कर्णालीको बिकासको लागि कोहि पक्ष प्रतिपक्ष छैन

logo
जनक बहादुर शाही,
प्रकाशित २०७५ भदौ १८ सोमबार
cm-pradesh6-humla.jpg

हुम्ला। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको टोली सिमकोटमा पुगेको छ। कर्णाली पर्यटन बर्ष २०७५ मनाउने प्रदेश सरकारको अभियान अनुसार लिमी पर्यटन महोत्सबको उद्घाटनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, सामाजिक बिकास मन्त्री दल रावत, उद्योग,पर्यटन, बन तथा बाताबरण मन्त्री नन्दसिंह बुढा सिमकोट पुगेका हुन्। 

नाम्खा गाउँपालिका ६ मा रहेको लिमी भ्याली नेपालकै आकर्षण केन्द्रको रुपमा लिइन्छ। यहि भाद्र १९ र २० गते लिमी पर्यटन महोत्सव हुँदैछ। मन्त्रीको टोली मंगलवार बिहान नाम्खा गाउँपालिकाको महोत्सवस्थल लिमी प्रस्थान गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मन्त्रीको टोलीले लिमीमा रहदा हाल्जीमा रहेको गुम्बा र बिभिन्न पर्यटकीय स्थल, लिमी भ्यालीसंग जोडिएको मानसरोवर कैलाशको दर्शन तथा अबलोकन गर्ने कार्यक्रम रहेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले बताए।

आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा रहेको लिमी भ्यालीलाई पर्यटकको पहिलो प्राथमिकता रहने गरेको छ। जिल्लामा पहिलो पटक पर्यटन महोत्सवको आयोजना भएकोले यसले हुम्लाको पर्यटन तथा आर्थिक विकासमा थप टेवा पुग्ने बताईएको छ।

हुम्ला जिल्लामा पर्याप्त प्राकृतिक श्रोत साधन छन तर यसको प्रसार प्रचार हुन नसक्दा ओझेलमा परेका छन्। ऐतिहासिक लिमी भ्यालीबाट मानसरवर कैलाश दर्शन गर्न तिव्वतले प्रतिबन्ध लगाएता पनि लिमी भ्यालीसंग जोडिएकोले हुम्लाबासीले कैलाश मानसरोवर दर्शन गर्न आफनै भुमिबाट सकिने उपाध्यक्ष तामाङले बताए । 

प्रदेश मातहत रहने गरि ३ सरकारी कार्यालय उद्घाटन

सिमकोट पुगेका मुख्य मन्त्री शाहीले आजै जिल्ला अस्पताल, जिल्ला आर्योबेद र डिभिजन बन कार्यालय सहित ३ ओटा सरकारी कार्यालय प्रदेश सरकार मातहतमा रहने गरी उद्घाटन गरे।

उद्घाटन कार्यक्रमा बोल्दै मुख्य मन्त्री शाहीले कर्णाली प्रदेशको बिकासका लागि सरकार र प्रतिपक्ष नेपाली कांग्रेस एकबद्ध भएर लागेको बताए। पक्ष, बिपक्ष र प्रतिपक्ष कर्णाली प्रदेशमा छैन। कर्णाली प्रदेशको प्रतिपक्ष भनेको गरीबी, अशिक्षा र बिकास पछाडी पर्नु हो भने पक्ष भनेको बिकास, सबृद्धी, आर्थिक स्थिती माथी उठाउनु गरीबी हटाउनु भएको मुख्यमन्त्री शाहीले बताए।

कस्तो छ लिमी भ्याली?

हाल्जीमा रहेको गुम्बा पर्यटकको आकर्षणमध्ये एक हो ।  हजार वर्षभन्दा पुरानो गुम्बा धार्मिक तथा ऐतिहासिक रुपले निकै महत्वपूर्ण मानिन्छ। गुम्बाका मूर्तिहरु निकै कलात्मक छन् । दुईतले मन्दिरको मुख्य मूर्ति पहिलो तलामै छ । यो समुद्री सतहबाट ३६ सय ६० मिटर उचाइमा पर्छ ।

लिमी भ्यालीको मुख्य बाली नापल, जौं, मिठे फापर र आलु हो। जाँगका अध्यक्ष नुर्बु लामाका अनुसार यहाँको जनसंख्या ५ सय छ । जसमध्ये ६० घर मात्र छन्। ‘लिमी भ्यालीलाई सडकले जोडेको छ । यसको निर्माण भएको ३ वर्ष मात्र पुग्यो,’ उनले भने, ‘अहिले लाप्चा नाकाबाट समान ल्याउँछौं ।’

लाप्चा नाका स्थानीय र चीनसँगको सल्लाहपछि मात्र खुल्छ । लिमी भ्यालीको जाँगदेखि चीनको लाप्चा बोर्डर ३० किमिको दूरीमा पर्छ। पटक पटक यस क्षेत्रमा भूकम्पले  सताउने गरेको छ। हाल्जीको मुख्य बाली भने उवा हो। हाल्जीका बासिन्दासँगै लिमी भ्यालीका सबै रोजगारीका लागि चीनको ताक्लाकोट जाने गर्छन्।

हाल्जीका ८२ घरमा ५५० जनको बसोबास छ । लिमी भ्याली भने हिमश्रृखला र मनोरमा पाटनमा हुने जंगली चौरी, हिउ चितुवा, नाउर र बन बिरालो  जस्ता जंगली जनवार समेत प्रत्यक्ष देख्न सकिने भएकाले यो हुम्लाकै नभई नेपालकै पर्यटन क्षेत्र मानिन्छ। अहिले पछिल्लो समयमा यी जनावर लोप हुँदै गएको नाम्खा ६ नं वडा लिमिका अध्यक्ष पाल्जोर तामाङले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ