- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकाले इरानमाथि आगामी नोभेम्बरदेखि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ । यस्तोमा चीन र भारतले यसबाट पार पाउनका लागि आफ्नो तयारी पनि सुरु गरेका छन् ।
इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धसँगै इरानका प्रमुख निर्यातकर्ता कम्पनीहरुले आफ्नो तेल निर्यातको काम रोकेका छन् । यस्तोमा भारत र चीनलाई इरानबाट तेल ल्याउनका लागि समस्या भएको हो ।
यस्तोमा भारत र चीन सरकारले आफ्ना रिफाइनरिजहरुलाई इरानको बिमा सुविधा र ट्यांकरहरुबाट आयातको लागि अनुमति दिने निर्णय गरेका छन् । चीनले आफ्नो सबै तेल आयातको जिम्मा नेशनल इरानियम ट्यांकर कम्पनी (एनआईटीसी)लाई दिइसकेको छ ।
पश्चिमा बिमा कम्पनीहरुले तेल आपूर्तिको बिमा नगरिरहेको अवस्थामा चीनले यस्तो निर्णय गरेको हो । जसको कारण भारतले पनि चीनकै मार्ग पछ्याउने निर्णय गरेको हो ।
इरानले ल्याएको नयाँ नियमअनुसार बिमा तथा आपूर्तिको पनि व्यवस्था हुनेछ । यस्तो अवस्थामा यी दुई मुलुकहरुलाई पश्चिमा कम्पनीहरुसँगको सम्झौताअनुसारको राहत मिल्नेछ ।
इरानको लागि भारत र चीन सबैभन्दा बढी तेल खरिद गर्ने मुलुकहरु हुन् । यदि प्रतिबन्धको बाबजुद इरानले यी दुई मुलुकहरुमा तेल बिक्री जारी राख्न सकेको खण्डमा इरान विश्व तेल बजारबाट पूरै बाहिरिने सम्भावना हुँदैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ को न्युक्लियर सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए । जसको कारण अमेरिकाले इरानमाथि पुनः प्रतिबन्धको निर्णय गरेको हो । (एजेन्सी)