आइएमई जनरल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच सम्झौता
प्रकाशित २०७५ भदौ २० बुधबार
200
Shares
काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिका, धादिङ्गबीच सम्पूर्ण कृषकहरुको कृषि बीमा तथा व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा संझौता भएको छ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका छन्।
सोही अवसरमा नगरपालिकाका मेयर भिम प्रसाद ढूंगानाले भने, 'आफूले आफ्ना नगरावासी कृषक दाजुभाई तथा दिदी बहिनीहरुको पशु, पन्छी, बालीनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स संग प्रावधान मिलाएको छ'
कृषकहरुले अफ्नो सम्पत्तिको बीमा गरी ढुक्क भएर पशु, पन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन समेत सम्झाए। र यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरावासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे।
यस्तै इन्स्योरेन्सका सिईओ श्रेष्ठले नगरपालिकाले आफ्ना नगरबासी तथा नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसंग बीमा गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद दिए। उनले भने, कम्पनीले नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे।
श्रेष्ठले आउने दिनहरुमा सबै ग्राहकसंग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।