-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । रुस विश्वकप फुटबल पछिको पहिलो भिडन्तमा फ्रान्स र जर्मनीले बराबरीमा रोकेको छ । म्युनिखमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
विश्वकपमा समूह चरणबाटै बाहिरिएको जोआचिम लोको जर्मनीले डिडियर डेस्च्याम्पको विश्वकप विजेता फ्रान्सलाई बराबरीमा रोक्न सफल भएको हो ।
दुवै युरोपियन पावरहाउसले युइएफए नेसन्स लिग ए अन्तर्गत समूह एकको खेलमा खेलेका हुन् ।
लिग बी को खेलमा युक्रेनले चेक रिपब्लिकलाई २–१ ले हरायो । लिग बीको खेलमा वेल्सले आयरल्याण्डलाई ४–१ ले हरायो ।
लिग सीका खेलमा नर्वेले साइप्रसलाई २–० ले, बुल्गेरियाले स्लोभेनियालाई २–१ ले हरायो ।







