arrow

नेपाल–चीन पारवाहन बैठक सम्पन्न

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
nepal-china-news-flag.jpeg

काठमाडौं । नेपाल र चीनको बीचमा सन् २०१६ मा भएको पारवहन सम्झौताको तेस्रो परामर्श बैठक सम्पन्न भएको छ । भदौ १९–२१ मा काठमाडौंमा सो बैठक सम्पन्न भएको हो । 

बैठकमा तेस्रो मुलुकबाट चीन हुँदै नेपाल आयात गर्दा प्रयोग हुने टियाजिन, सेन्जेन, लियानयुङ्गान, झान्जयानलगायतका खुला सामुद्रिक तथा लान्झोउ, ल्हासा, सिगात्सेलगायतका सुख्खा बन्दरगाहरु र तीन बन्दरगाहको विषयमा छलफल भएको थियो ।
 
उक्त बन्दरगाहहरुबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँगको सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रियालगायतका पारवहनसम्बन्धी विषयहरुमा बैठक केन्द्रित थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रोटोकलको मस्यौदालाई पनि अन्तिम रुप दिइएको उल्लेख गरिएको छ । 

सो बैठकको नेतृत्व नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकार सैंजुले गरेका थिए । चिनियाँ पक्षको नेतृत्व भने यातायात विभाग, यातायात मन्त्रालयका महानिर्देशक वाङ स्युपिङले गरेका थिए । चिनियाँ पक्षले नेपाली पदाधिकारीहरुको समन्वयमा भदौ १९ गते पृथ्वी राजमार्गको भ्रमण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ