बेल्जियमले स्कटल्याण्डको मैदानमा रच्यो इतिहास, चम्के बात्सुयी, लुकाकु र हजार्ड
प्रकाशित २०७५ भदौ २३ शनिबार
535
Shares
काठमाडौं । बेल्जियमले स्कटल्याण्डमाथि शानदार जित हासिल गरेर इतिहास रचेको छ । बेल्जियमले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा स्कटल्याण्डमाथि ४–० को जित पाएर कीर्तिमान रचेको हो ।
त्यो इतिहास भने सन् १९७३ पछि स्कटल्याण्डको घरेलु मैदानमा सबैभन्दा फराकिलो हार हो ।
सन् १९७३ मा स्कटल्याण्ड इंगल्याण्डसंग घरेलु मैदानमा ५–० ले पराजित भएको थियो ।
लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनको कप्तानीमा उत्रिएको स्कटल्याण्डलाई पराजित गर्न मिची बात्सुयीले दुई गोल गरे ।
त्यसैगरी रोमेलु लुकाकु र एडन हजार्डले १–१ गोल गरे ।