arrow

सगरमाथाबाट मिनरल वाटर बनाउन भारतसंग सहकार्य गर्न प्रचण्ड इच्छुक 

logo
प्रकाशित २०७५ भदौ २३ शनिबार
prachanda-india1.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्जना भएको बताएका छन् । 

भारत भ्रमणमा रहेका उनले शुक्रबार साँझ नयाँ दिल्लीमा ‘इण्डो–नेपाल सेन्टर’ उद्घाटन तथा ‘नेपालको समावेशी विकासको मार्गचित्र’सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परम्परागत नीति नियम परिवर्तन गरी नेपालमा लगानीमैत्री वातावरण सिर्जना गरिएको बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले भने, “आर्थिक समृद्धिका लागि हामी अघि बढेका छौँ । नेपाल प्राकृतिक सम्पदा प्रचूर रहेको देश हो । यहाँ जलविद्युत्का धेरै सम्भावना छन् । विद्युत् उत्पादनमा हामी सहकार्य गर्न इच्छुक पनि छौँ ।” 

जलऊर्जा विद्युत् उत्पादनका लागि मात्र नभएको बताउँदै अध्यक्ष प्रचण्डले यो पानी व्यवस्थापनको विषय पनि भएको उल्लेख गरे । 

सगरमाथाबाट मिनरल वाटर बनाउनका लागि सहकार्य गर्न सकिने दोहोर्याउँदै उनले सगरमाथाको पानी विश्व बजारमा पुर्र्याएर लाभ लिन सकिन्छ भने । 

नेपालमा पर्यटन विकासको पनि उत्तिकै सम्भावना रहेको जानकारी गराउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले कृषिमा आधारित उद्योग, धार्मिक पर्यटनलगायतका क्षेत्रमा लगानी गरी प्रतिफल लिन पनि सकिने बताएको उनको सचिवालयले जनाएको छ । 

कार्यक्रममा विभिन्न क्षेत्रका लगानीकर्ताको उल्लेख्य सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ