चीनसँगको सहमतिले तेस्रो मुलुकसँग जोड्छ : प्रधानमन्त्री
प्रकाशित २०७५ भदौ २३ शनिबार
210
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा सहमति भएसँगै नेपालले तेस्रो मुलुकसँग जोडिन चाहे जति नाका एवं आवश्यक सडक प्रयोग गर्न पाउने भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै उक्त सहमति नेपालका लागि असाधारण खुशीको विषय भएको उल्लेख गरेका हुन्। सहमतिले नेपालको भारतसँगको मात्र व्यापारिक निर्भरतालाई खुल्ला गरेको छ।
दुई देशबीचको अधिकारीहरुको वार्तामा यही भदौ २१ गते उक्त प्रोटोकलमा सहमति भएको थियो। सहमपतिपछि चीनसँग जोडिएका थप नाका खुल्नेछन्। प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालको औपचारिक चीन भ्रमणका क्रममा व्यापार तथा पारवहन सम्झौता भएको थियो। रासस