सेरेनाको सपना चकनाचुर, अम्पायरलाई नै भनिन् ‘चोर’, र्याकेट कच्याककुचुक
छायाँमा पर्यो ओसाकाको कीर्तिमान
प्रकाशित २०७५ भदौ २४ आइतबार
228
Shares
काठमाडौं । २४ औं कीर्तिमानी टेनिस ग्राण्डस्लाम जित्ने अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सको सपना चकनाचुर भएको छ ।
सेरेनालाई युएस ओपन टेनिसको फाइनलमा जापानी खेलाडी नाओमी ओसाकाले पराजित गरेकी हुन् ।
२० वर्षीया ओसाकाले खेल ६–२ र ६–४ ले जितिन् । जितसंगै ओसाका कुनै पनि ग्राण्डस्लाम जित्ने पहिलो जापानी पनि बनेकी छिन् । अहिलेसम्म कुनै पनि पुरुष वा महिलाले कुनै पनि ग्राण्डस्लाम जितेका थिएनन् ।
खेलमा रिसाएकी सेरेनालाई अम्पायरले अंक पेनाल्टी दिएका थिए । अम्पायर कार्लोस रामोसलाई खेलका क्रममा सेरेनाले ‘चोर’ भनेकी थिइन् ।
शनिबार राति भएको खेलमा ३६ वर्षीया सेरेना धेरै नै दवावमा खेलेकी थिइन् ।
यो खेल टेनिसको इतिहासमा कालो दिनजस्तै मानिने छ सेरेनाको व्यवहारले गर्दा ।