शनिबारको रात सालेहको रात, २ गोल–२ पास–२ पेनाल्टी मिस
प्रकाशित २०७५ भदौ २४ आइतबार
211
Shares
काठमाडौं । शनिबारको राति इजिप्टका फुटबल स्टार मोहम्मद सालेहको नाममा गएको छ भन्दा फरक नपर्ने भएको छ । अफ्रिका कप अफ नेसन्सको छनोट खेलमा लिभरपुलका स्ट्राइगर सालेहले गोल पनि गरे । गोलका लागि सघाए पनि र पेनाल्टी खेर पनि फाले ।
नाइजर विरुद्धको खेलमा ६–० को जित हासिल गर्ने क्रममा इजिप्टका लागि सालेहले २ तथा मार्वन मोसिन, आइमन असरफ, सलाह मोसिन र मोहम्मद इल्नेनीले १–१ गोल गरे ।
सालेहले २ पेनाल्टीमा गोल गर्न चुकेका थिए । दुई गोलका लागि पास दिएका थिए ।
अन्य खेलमा मोरक्कोले मालवीलाई ३–० ले, नाइजेरियाले सेसिलेसलार्य ३–० ले, केन्याले घानालाई १–० ले हरायो ।