भारतको तेलङ्गानामा तिर्थयात्री चढेको बस दुर्घटना, ४५ को मृत्यु
प्रकाशित २०७५ भदौ २६ मंगलबार
378
Shares
भारत । भारत तेलङ्गाना राज्यको जगतियाल जिल्लामा बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । ६० जना सवार बस दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ ।
यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो । मृत्यु भएकामा अधिकांश महिला र बालबालिका छन् । मर्नेहरुमा कम्तिमा पनि २५ महिला छन् ।
उक्त बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तिर्थयात्रु लिएर फर्कदै थियो । दुर्घटनाबारे ट्वीट गर्दै भारतीय राष्ट्रपति रामनाथ कोविन्दले दुःख व्यक्त गरेका छन् ।