रूस र चीनले आफ्नो व्यापारमा राष्ट्रिय मुद्राको प्रयोग गर्ने
प्रकाशित २०७५ भदौ २६ मंगलबार
478
Shares
भ्लादिभोस्टोक, रूस। मस्को र बेइजिङले व्यापारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताएका छन्।रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समय रूसी राष्ट्रपतिको यो भनाई आएको हो। रूसी तथा चिनियाँ पक्षले आफुहरूले व्यापारमा राष्ट्रिय मुद्रालाई नै प्रयोग गर्न लागेको पुष्टि गरिसकेका छन्, रूसी राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा बताए।
यो निर्णयले बैङ्किङ सेवाको स्थायित्वलाई बढाउने र निर्यात तथा आयातका गतिविधिलाई सुरक्षित बनाउने उनले बताए। रूसविरुद्ध क्रिमिया गाभ्ने र यूक्रेन विद्रोहीलाई सघाउने काम गरेको भन्दै पहिलेभन्दा कडा प्रतिबन्ध लगाइएको छ।
पछिल्लो चरणमा अमेरिकी प्रतिबन्धको घोषणाले रसियाली मुद्रा रूबल तथा अमेरिका चीनबीचको व्यापार युद्धका कारण चिनियाँ मुद्रा युआनमा गिरावट आउन थालेपछि उनीहरूले राष्ट्रिय मुद्रालाई नै व्यापारमा प्रयोग गर्ने छलफललाई अगाडी बढाएको पुटिनले बताए। एएफपी