कोरियन एयरका अध्यक्षमाथि यसैवर्ष मात्रै तेस्रोपटक प्रहरीको सोधपुछ
प्रकाशित २०७५ भदौ २७ बुधबार
351
Shares
सिओल। कोरियन एयरका अध्यक्ष चो याङ–होले आफ्नो निवासको सुरक्षा सेवाका लागि कम्पनीको रकम खर्च गरेको आरोपमा बुधबार प्रहरीले सोधपुछ गरेको छ। हान्जिन ग्रुपका अध्यक्ष समेत रहेका चोले प्योङचाङको निजी निवासमा राखिएका सुरक्षागार्डको भुक्तानी कोरियन एयरबाट गरेका थिए।
सिओल महानगरीय प्रहरीमा उपस्थित भएका चोले संवाददाताहरुसँग आफूले प्रहरीलाई घटनाका बारेमा सबै कुरा बताएको जानकारी दिए। यसैवर्ष मात्र विभिन्न घटनामा चो तेस्रोपटक प्रहरीको सोधपुछमा परेका छन्।
जुन २८ मा उनी कर छलीको आरोपमा पक्राउ परेका थिए भने जुलाई ७ मा एक अभियोगमा अदालतले सोधपुछ गरेको थियो। योन्हाप