कन्दाहार, अफगानिस्तान। अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले तालिबान आतङ्ककारी लक्षित हवाई कारबाहीमा कम्तीमा १८ जना लडाकू मारिएका र अन्य ११ जना घाइते भएका एक सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन्।
तालिबान आतङ्ककारी लुकेर बसेको आशङ्कामा कन्दाहारको मेवान्द जिल्लाको शाल्घामी र काला–ए–शमिर क्षेत्रमा अफगान सेनाले हवाई कारबाही गरेको थियो। सेनाका प्रवक्ता मोहमद सदेकले सैनिक कारबाहीमा १८ जना तालिबान लडाकू मारिएको पुष्टी गरे। सरकारको विरोधमा वर्षौंदेखि युद्धरत तालिबान समूहले भने यस विषयमा केही टिप्पणी गरेको छैन। सिन्ह्वा