मोदी कांग्रेस प्रति आक्रामक, भन्छन् : 'प्रतिपक्षीको भूमिका खेल्न असफल'
प्रकाशित २०७५ भदौ २८ बिहिबार
693
Shares
नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसको कडा आलोचना गरेका छन्। कांग्रेसप्रति बिहीबार निकै आक्रामक देखिएका मोदीले कांग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका खेल्न नसकेको आरोप लगाए।
आफ्नो दल भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई सम्वोधन गर्दै उनले गत चार बर्षमा कांग्रेसले राम्रो प्रतिपक्षीको भूमिका खेल्न असफल भएको टिप्पणी गरे। प्रधानमन्त्री मोदीले कांग्रेसले आफ्नो कार्यकालमा राम्रा काम गर्न नसकेको तर अहिले भइरहेका राम्रा कामहरुको पनि अनावश्यक आलोचना गरेको तर्क गरे।
आउँदो बर्ष सन् २०१९ मा भारतमा आम निर्वाचन हुन लागेकाले प्रधानमन्त्री मोदी विपक्षीप्रति बढी आक्रामक देखिन थालेकाछन्। भारतमा आगामी निर्वाचनमा पनि प्रधानमन्त्रीको पार्टी भारतीय जनता पार्टी र प्रमुख विपक्षी दल भारतीय कांग्रेसकाबीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। सिन्ह्वा