arrow

देउवालाई पौडेलले जे भने सिटौलाले पौडेललाई दिए सोहि जवाफ

काँग्रेसमा प्रधानमन्त्री सस्तो; सबैलाई सभापति बन्नुपर्ने

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
deuba-poudel-krishna.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका नेताहरुले एक अर्कालाई सभापति बन्न सहयोग गर्दा संसदीय दलको नेता बनाउने प्रस्ताव गरेर प्रधानमन्त्रीको उमेद्वारको रुपमा प्रस्तुत गरेका छन। आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै नेताहरुले अर्का सभापतिका प्रत्यासीलाई व्यक्तिगत भेटघाट र औपचारीक कार्यक्रममा पनि सोहि आशयका प्रस्ताव राख्न थालेका छन्। 
  त्
पार्टी सभापतिको निधन पछि रिक्त रहेको संसदीय दलको नेतामा एक अर्कालाई समेट्न सक्दा आफूलाई सभापतिमा सहज हुने विश्वासका साथ नेताहरुले एक अर्कालाई यो प्रस्ताव गरेका हुन्। कोइरालाको निधन भएको १३ दिनसम्म औपचारीक कार्यक्रम नगर्ने भनिएपनि सभापतिको निधनपछि रिक्त रहेको दलको नेताको बारेमा भने नेताहरुले औपचारीक रुपमा पत्रकार सम्मेलन गरेरै बोलेका छन्। 
 
काँग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल र  बरिष्ठ नेता शेर बहादुर देउवाले अनौपचारीक भनिएको पत्रकार सम्मेलनमा आफू सभापतिको उमेद्वार हुने र सहमतिको लागि एकले अर्कालाई सहयोग गर्न आग्रह गर्दै संसदीय दलको नेता बन्न प्रस्ताव गरे। संसदीय दलको नेता प्रधानमन्त्रीको उमेद्वारको रुपमा हेरिन्छ। 
 
बिहान देउवाले पत्रकार सम्मेलन गरेर पौडेललाई संसदीय दलको नेता र प्रधानमन्त्री बनेर आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेपछि त्यसको जवाफ दिनै पौडेलले पत्रकार सम्मेलन गरेर आफू लोभ लालचमा नफस्ने उल्लेख गर्दै बरु देउवालाई नै प्रधानमन्त्री, राष्ट्रपति बन्न आग्रह गरे। उनले पार्टीलाई एकताबद्ध बनाउन आफूले उम्मेदवारी दिएको भन्दै आफ्नो सक्रियता पार्टीलाई आवश्यक रहेको बताए।
 
उनले आफू पार्टीको कुनै अतिवादमा नलागी मध्यममार्गी भएकाले आफूले नै पार्टीलाई एकताबद्ध बनाउन सक्ने पनि बताए। पार्टीमा ६०/४० को भागबन्डा गर्नका लागि आफ्नो हस्तक्षेप आवश्यक रहेको पनि उनले बताए। पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो टिमबारे छलफल भइरहेको र छिट्टै औपचारिक घोषणा हुने बताए।
 
पार्टीभित्रको प्रतिपक्षी देउवालाई जवाफ दिएका पौडेलले संस्थापन पक्षभित्र मिलाउने प्रयासमा पार्टीका महामन्त्री तथा सभापतिका आकाँक्षी कृष्ण प्रसाद सिटौलालाई पनि सोहि प्रस्ताव गरे। पार्टी कार्यालय सानेपामा भएको दुई नेताको भेटमा पौडेलले सिटौलालाई संसदीय दलको नेता बन्ने प्रस्ताव गरे। संसदीय दलको नेता बनेर अबको दिनमा सरकार बनाउँदा पार्टीको तर्फबाट प्रधानमन्त्रीको रुपमा अगाडी सार्ने पौडेलको प्रस्तावलाई सिटौलाले पनि देउवालाई पौडेलले दिएको जवाफ झै फर्काए। 
 
दुई नेताबीचको भेटमा पौडेलले सिटौलालाई आग्रहकै शैलीमा सभापतिको उमेद्वार नवनेर सहयोगको लागि आग्रह गरेका थिए। तर सिटौलाले पनि पौडेलकै शैलीमा उनैलाई सम्झाउने प्रयास गरेका थिए। एकले अर्कोलाई सम्झाउने मात्र काम हुन थालेपछि थप छलफल गर्ने सहमतिका साथ उनीहरु उठेका थिए। उनीहरुको बिहिवार राती फेरि एकले अर्कोलाई सहयोग गर्ने बारेमा लामै छलफल भएको छ। तर ठोस निर्णय हुन नसकेको बताइएको छ। 
 
संस्थापन पक्षका दुई नेताको अडान हेर्दा दुवैजना सभापतिको उमेद्वारीबाट पछाडी हट्ने छाँट नदेखिएको संस्थापन निकट एक केन्द्रीय सदस्यले बताए। पौडेल र सिटौला आफ्नो तयारी समेत गरिरहेका छन्। पत्रकारहरुसँग अनौपचारीक भेटघाटदेखि कार्यकर्ताहरुसँग महाधिवेशन प्रतिनिधीहरुको अवस्था बुझ्नेसम्मका गतिविधीमा दुवै नेता सक्रिय छन्। 
 
दुबै नेता संस्थापन भित्र आफू बलियो उमेद्वार भएको दावी पनि गर्छन। दिउँसो पौडेल र सिटौलाको भेटमा पनि एक अर्काले आफू बलियो रहेको दावी गरेका थिए। सिटौलासँग पौडेलले आफू बलियो भएको दावी गर्दा सिटौलाले पनि पौडेलभन्दा आफू केहि भएपनि बढी मत ल्याउने नभए कार्यकर्तामाझ स्वतन्त्र रुपमा अध्ययन गराउन पनि सुझाव दिएका थिए। त्यति हुँदाहुँदै नेताहरुले एकले अर्कालाई प्रधानमन्त्रीको अफर गरेका थिए। दुवैले उधारोको प्रधानमन्त्रीमा नजाने बरु चुनावमा जाने अडान राखेका थिए। 
 
संस्थापन भित्र अडानको कुरा, दुई समुह तथा अन्तरसमुहभित्रै प्रधानमन्त्रीको लोभ देखाउने काम भइरहँदा त्यसलाई त्याग गर्ने काम गरेर त्यागको अनुपम नमुना देखाउने काम पनि काँग्रेसभित्रै भइरहेको छ। मानौं प्रधानमन्त्री तथा संसदीय दलको नेता अत्यन्तै सस्तो छ र सभापति मात्र अत्यन्तै महंगो रहेको छ। सबै यतिखेर सभापतिमै झुत्ती खेलिरहेका छन्। 
 
फागुन ९ गतेसम्म अझै पनि एकले अर्कालाई फकाउने अभियानमा नेताहरु छन्। त्यसपछि भने आफ्नो र समुहको घोषणा गर्ने तयारीमा नेताहरु रहेका छन्।  



नयाँ