arrow

पीएसजीको प्रभावशाली जितः ‘नो’ नेयमार, ‘नो’ एमबाप्पे 

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
neymar-mbappe1.jpg

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजी भन्न बित्तिकै हार नदेख्ने टिम भन्न थालिसकिएको छ । त्यहाँ प्रभावशाली र विश्वकै चर्चित दुई खेलाडीहरु ब्राजिलियन नेयमार र फ्रेन्च युवा केलियन उमबाप्पे छन् । 

तर टिमका मुख्य खेलाडीहरु नेयमार र एमबाप्पे बिना नै पीएसजीले फ्रेन्च लिग वानमा प्रभावशाली जित निकालेको छ । फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजीले सेन्ट इटिनीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा जुलियन ड्राक्सलर, एडिन्सन काभानी, एन्जल डि मारिया र मौसा डिवेले गोल गरे । घरेलु मैदानमा स्टार खेलाडीद्धय नेयमार र एमबाप्पेलाई विश्राम दिइएको खेलमा पीएसजीले २३औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट खेलमा अग्रता बनाएको थियो ।

५१औं मिनेटमा काभानीले पेनाल्टीमार्फत गोल गर्दै २–० को अग्रता दिलाएका थिए । 

७६औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई फराकिलो अग्रतातर्फ अग्रसर गराएका थिए । मौसा डिवेले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए ।

डिफेन्डिङ च्याम्पियन पीएसजीले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोडेर यो सिजन पनि उपाधिको मुख्य दावेदारको रुपमा उभिएको छ । 

Julian Draxler opened the scoring with a stunning header in the 22nd minute

Draxler controlled the ball with his head and then headed the ball over the goalkeeper

Striker Edinson Cavani doubled their advantage from the penalty spot in the 51st minute

Angel Di Maria made it 3-0 when he lashed a shot into the roof of the net in the 76th minute

Teenage winger Moussa Diaby sealed victory from close range in 86th minute on Friday night

St Etienne honoured former defender William Gomis by emblazing his name on their shirts

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ