arrow

तिनाउ–बुटवल सरसफाईको तेह्रौं साता, ऐतिहासिक जितगढी किल्ला परिसरको सरसफाई

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ भदौ ३० शनिबार
cleaning-police.jpg

बुटवल। तिनाउ–बुटवल सरसफाई अभियानमा जनसहभागिता बढ्दै गएको छ। अभियानको तेह्रौ साताको श्रृंखलासम्म पुग्दा स्वतस्फूर्त रुपमा सहभागी हुने क्रम बढेको छ।

यो अभियानका क्रममा विभिन्न ठाउँमा सरसफाई कार्यक्रमहरु चलिरहेका छन्। बुटवल उपमहानगरपालिकाको आयोजनामा यातायात मजदुर संगठन र विभिन्न सामाजिक संघ संस्थाहरुको संयोजनमा जारी श्रृंखलामा जनसहभागिता बढ्दै गएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए। 

ऐतिहासीक स्थल जितगढी किल्लामा एकाविहानै नेपाली सेना, नेपाल प्रहरी, यातायात मजदुरहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, उपमहानगरपालिका सामाजिक महाशाखाका अधिकारीहरु र कर्मचारीहरुसहित बुटवलका जनप्रतिनिधिहरु यो अभियानमा सरिक भए। 

प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्यसहितको टोलीले ऐतिहासिक सम्पदा जितगढीको सरसफाई गर्‍यो। तत्कालिन अंगे्रज सेनालाई परारस्त गरेर नेपाली स्वाभिमान र नेपाली धर्तिको रक्षा गर्न सफल भएको जितगढी किल्लाको सरसफाईमा सेना, प्रहरी र स्थानिय जनप्रतिनिधी मात्रै नभई रुपन्देहीका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र स्थानियबासी पुगेका थिए।

५ नम्बर प्रदेशको राजधानी बुटवलको पश्चिमपट्टि तिनाऊ नदीसंगै जोडिएको उक्त ऐतिहासीक स्थललाई सरसफाईयुक्त बनाई बुटवलको मुख्य पर्यटकीय गन्तब्य बनाउने ध्ययेले तिनाऊ सफाई अभियान अन्र्तगत १३ औं हप्ताको कार्यक्रम जितगढी किल्लामा राखिएको बुटवल उप–महानगरपालिकाका प्रमुख सुवेदीको भनाइ छ।

‘उजीरसिंहको किल्ला बुटवल उपमहानगर क्षेत्रलाई हामी नेपालकै नमुना सरसफाईयुक्त शहर बनाउन गईरहेका छौं’ प्रमुख सुवेदीले भन्नुभयो,–जनसभागिताको बढ्दो लहरले उत्साह जागेको छ।’

जनसहभागितामा आधारित कार्यक्रमहरुकै कारण बुटवल सबैले गौरव गर्ने सहरका रुपमा विकास भएको उल्लेख गर्दै उपपप्रमुख आचार्यले भन्नुभयो–तिनाउ बुटवल सरसफाई अभियान पनि त्यसैको एउटा आधार हो। अभियानलाई विस्तार गर्दै पूरै बुटवलभरी पुर्‍याइने उपप्रमुख आचार्यको भनाइ छ।

सरसफाईमा आफै सरिक हुने र हौसला प्रदान गर्ने जनसमुदायले उपमहानगरलाई जाँगर बढाएको उल्लेख गर्दै सामाजिक विकास महाशाखाका प्रमुख वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले ‘हरेक शनिबार बिहानको दुई घण्टा मेरो सहर सफाईका लागि’ भन्ने जनधावना जगाउन लागेको बताए।

सिंगो बुटवललाई पूर्ण सफाईयुक्त शहर बनाउने र बुटवलका हरेक मान्छेहरुले बाटोमा फोहर खसेमा आफै उठाएर फोहर संकलन केन्द्रमा राख्ने बानिको विकास गर्ने उद्धेश्य सहित यस्तो अभियान चालिएको तिनाउ बुटवल सरसफाई अभियानमा खटिएका मजदुर नेता नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश अध्यक्ष कृष्णप्रसाद कडेंलले बताए।  

जितगढी किल्लामा  अंग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले वि.सं. १८७१ बैशाख ७ गतेको दिन विजयी प्राप्त गरेको थियो। ऐतिहासीक धरोहरका रुपमा रहेको जितगढी केही वर्ष अघि सम्म संरक्षणविहीन बनेको थियो। तर अहिले पछिल्लो समय जनप्रतिनिधि चुनिएपछि जितगढी सम्पदाको संरक्षण र सम्बद्र्धनका प्रभावकारी काम सुरु भईरहेका छन्। उपमहानगरले जितगढीको गुरुयोजना बनाइरहेको छ। 

जितगढीमा वि.सं. १८७१ बैशाख ७ गते भएको लडाइँमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ। नेपालीले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा बुटवल उप–महानगरपालिकाले  पहिलो पटक गएको बैशाखमा जितगढी विजय उत्सव दिवस समेत मनाएको थियो। यो सम्पदाको संरक्षणमा प्रदेश सरकारले समेत चासो दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ