काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा रियाल मड्रिडको जितको यात्रा रोकिएको छ । रियाललाई शनिबार रातिको खेलमा एथलेटिक बिलबाओले १–१ को बराबरीमा रोकेको हो । बिलबाओले घरेलु मैदानमा ३२ मिनेटमै मुनिएनको गोलबाट अग्रता लियो ।
कमजोर खेलेको रियाल मड्रिडका इस्कोले ६३ औं मिनेटमा गोल गरे । त्यसपछि कसैले गोल गरेन । यो बराबरीले चार खेलमा १० अंकको रियाल दोस्रो स्थानमै छ । जितको यात्रा भने रोकिएको छ ।
शीर्ष स्थानको बार्सिलोना सत्प्रतिशत नतिजा निकाल्ने जारी लिगको पहिलो टिम हो ।