अटोमोबाइल अन्तर्राष्ट्रिय सम्मेलन असोज १ गतेदेखि काठमाडौंमा
प्रकाशित २०७५ भदौ ३१ आइतबार
518
Shares
काठमाडौं। विश्व अटोमोबाइल सङ्गठन ‘फेडेरेशन इन्टरनेशनल अटोमोबाइल्स (एफआईए)’को अन्तर्राष्ट्रिय सम्मेलन भोलि असोज १ गतेदेखि काठमाडौँमा शुरु हुँदैछ। नेपाल अटोमोबाइल एशोसिएशन (नासा) ले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलन गरी दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालबाहेक करीब २५ देशका ४० जना र नेपालका २० जना अटोमोबाइलसँग सम्बन्धित व्यक्तित्व गरी ६० जनाको उपस्थिति हुने जानकारी दिइयो।
सम्मेलनको उद्घाटन सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महाशेठले र समापन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले गर्ने बताइएको भएको छ।
उक्त सम्मेलनमा विभिन्न अटोमोबाइलसँग सम्बन्धित सङ्घसङ्स्थाहरुले आ–आफ्ना विभिन्न प्रकारका प्रस्तुति प्रस्तुत गर्ने भएका छन्। सम्मेलनले विश्वमा रहेका अटोमोबाइल क्षेत्रको विकासलाई मात्र नसमेटी नेपालको पर्यटन विकासलाई समेत उच्च प्रथामिकता दिई अघि बढ्ने एशोसिएशनका अध्यक्ष दशरथ रिसालले बताए। रासस