काठमाडौं। नेपालका लागि सेनसेइको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्र्तगत सीजी इलेक्ट्रोनिक्सले सेनसेइ ब्राण्डले दसै, तिहार तथा छठ पर्वलाई लक्षित गरी मुसलधारे क्यास बहार अफर सार्वजनिक गरेको छ।
सो अफर अन्तर्गत ग्राहकहरुले सेनसेइ ब्राण्डका सामाग्रीको खरिदमा २० प्रतिशत सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन्। सेनसेइ का स्मार्ट टीभी, नर्मल टीभी, चेस्ट फ्रिजर, भ्याकुम क्लिनर, वासिङ मेसिन र अडियो सिस्टम जस्ता सामाग्रीहरु बजारमा उपलब्ध छन्।