arrow

ऐतिहासिक गौरादह पोखरीलाई पर्यटकिय स्थल बनाउन आवश्यक

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ असोज ६ शनिबार
gauradaha-pokhari.jpg

झापा । झापा जिल्ला गौरादह नगरपालिकाको परिचय बोकेको गौरादह पोखरी संरक्षणको अभावमा अव्यवस्थित बन्दै गएको छ ।  
              
स्थानीय तहको निर्वाचनको समयमा  गौरादहका ऐतिहासिक पोखरिहरुको संरक्षण र व्यवस्थापनको नारा सवै दलहरुले लिन सकेसम्म लागि परेका  थिए। झापाको दक्षिण पश्चिमी क्षेत्रमा रहेको गौरादह नगरपालिका १ स्थित गौरादहका ऐतिहासिक  पोखरीहरुको संरक्षणका लागि  गत बर्ष नगरले विनियोजन गरेको १ करोड  बजेट कामनै सुरु नभई  फ्रिज हुन पुगेको थियो ।

तत्कालीन  गौरादह पोखरी व्यवस्थापन तथा पर्यटकीय स्थल निर्माण समितिका अध्यक्ष समेत रहेका वडा  २ का वडा अध्यक्ष हेमन्त कार्कीका अनुसार पोखरीलाई मत्स्यपालन र पर्यटकीय केन्द्रको रुपमा एकैपटक लैजाने, परिसरभित्र विश्रामस्थल सहितका फूलबारी निर्माण गर्ने, बोटिङ चलाउने, चिल्ड्रेन पार्क, बालबाटिका, जातीय संग्रालय र वनभोजस्थल बनाइने गुरुयोजना बनाइ डिटेल ड्राफ्टनै  तयार गरिएको  थियो।

पहिलोपटक २०७०/०७१ मा सर्वदलीय भेलाबाट गौरादहका ऐतिहासिक पोखरी संरक्षण एवं पर्यटकीयस्थल निर्माण समिति हेमन्त कार्कीको अध्यक्षतामा गठन गरिएको थियो।  समितिले तत्कालीन समयमा तीन करोड ८५ लाखको गुरुयोजना स्थानीय मन्त्रालय र पर्यटन मन्त्रालयमा पेश समेत गरेको बताउँदै कार्कीले २५ लाख रुपैयाँ स्थानीय विकास मन्त्रालयबाट प्राप्त भएको जानकारी दिए।  

 नगरपालिकाको संयन्त्रले अर्को पटक  यादवराज सेढाईंको अध्यक्षतामा अर्को समिति बनाएको थियो । सेडाइको कार्यकालमा करिब १८लाखको लागतमा पोखरी क्षेत्रमा रहेको अतिक्रमण हटाएर २०७२/०७३ मा आफ्नो नेतृत्वमा पहिलो चरणमा  ७२ मिटर दोस्रो चरणमा ५३ मिटर घेराबारा गर्ने काम भएको  थियो ।

तेस्रो चरणमा  पुनः ३८ लाख ७४ हजारलागतमा   ३४० मिटर घेराबारा गर्ने काम सम्पन्न भएको  थियो । त्यस पश्चात् वडाबाट पुन भरत फुयालको अध्यक्षतामा  अर्को समिति बनाइएकोले त्यो बिसयले  त्यस समयमा  निक्कै बिबाद सिर्जना गरेको थियो । विवादित बनेकै कारण काम हुन नसकी  गत आ. ब . मा बिनियोजित १ करोड रकम फ्रिज हुन पुगेको थियो ।

 नेपाल प्रेस युनियन माइ पश्चिम छेत्रीय समितीको  कार्यक्रममा शनिबार आफ्ना बिचार राख्दै वडा न २ का वडा अध्यक्ष हेमन्त कार्कीले पुन: उक्त परियोजनाका निमित्त  आ. ब. २०७५/०७६का लागि  प्रदेस सरकार बाट गौरादह छेत्रका पोखरी हरुलाइ १ करोड र गौरादह पोखरीलाइ १ करोड बजेट बिनियोजन गरिएको साथै गौरादह नगरपालिकाले  गौरादह पोखरीका लागि ३० लाख बिनियोजन गरेको कुरा जानकारी दिदै गौरादहको पहिचान बोकेको सो पोखरीलाइ पर्यटकिय क्षेत्र बनाउन अब ढिला नगरि सबैको साथ र सहयोग लिदै अघि बड्न आवश्यक भएको  बताएका छन  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ