arrow

चल्यो विवादास्पद चीन–हङकङ बुलेट ट्रेन 

logo
प्रकाशित २०७५ असोज ७ आइतबार
train1.jpg

काठमाडौं । चीन र हङकङको भूमि जोड्ने विवादास्पद बुलेट ट्रेन सेवा सुरु भएको छ । स्वतन्त्र हङकङ पक्षधर र केही अधिकारवादीको विरोधका बीच यो रेल सेवा सुरु भएको हो । 

यो एक्सप्रेस बुलेट रेलले हङकङलाई चीनको दक्षिणी शहर ग्वान्जाउसँग जोडेको छ । यो रेलमार्फत हङकङबाट ग्वान्जाउ पुग्न ४० मिनेटमात्रै लाग्छ । 

Ma Xingrui, governor of Guangdong Province, front row left, and Carrie Lam, Hong Kong's chief executive, centre, stand next to a Guangzhou-Shenzhen-Hong Kong Express Rail Link (XRL) train bound for Guangzhou Nan Station on a platform at West Kowloon Station in Hong Kong, China, 22 September 2018

यसको पहुँच चिनियाँ अधिकारीको हुनेछ । यो रेलको स्टेशन र रेलभित्र पनि चिनियाँ अध्यागमन अधिकारी र सुरक्षाकर्मीहरुले जाँच गर्न सक्छन् ।

यसले चिनियाँ फौजदारी कानुनलाई पहिलो पटक विशेष प्रशासित क्षेत्र हङकङमा प्रवेश गराएको छ । यसले हङकङको स्वतन्त्रता र मिनी संविधान उल्लंघन गरेको आलोचकहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ