arrow

पौडेललाई सिटौलाले सघाउने !

पौडेल र सिटौलाको उमेद्वारी आउने भएपछि देउवा नयाँ रणनीतिमा

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
Poudel-and-sitaula.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको आसन्न १३औं महाधिवेशनमा सभापतिका लागि उमेदवारी दिने तयारी गर्दै आएका कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाका विचमा पछिल्ला केहिदिन तिव्र छलफल भएका छन्। 
 
अहिलेसम्म अधिवेशन भएका जिल्लाहरुको नतिजा हेर्दा संस्थापन पक्षबाट एक जना मात्रै उमेदवार भए जित्ने संभावना बलियो रहँदारहँदै पनि दुई जना उमेदवारहरु देखिएपछि कार्यकर्ताहरुले दुवै नेतालाई मिल्न दवाव दिएकाले उनीहरुले केहीदिनदेखि आपसी छलफललाई तिव्रता दिएका हुन्। 
 
उनीहरुका विचमा भएका छलफलमा कार्यवहाक सभापति पौडेलले सिटौलालाई रोजेको पद दिन आफु तयार रहेको स्पष्ट पार्दै सभापतिमा भने आफुलाई सघाउन आग्रह गर्दै आईरहेका छन्। आफु कार्यवहाक सभापति भएकाले सभापतिका लागि आफु स्वभाविक दावेदार भएको र अव आफु जाने कुनै ठाउ पनि नभएकाले जुनसुकै अवस्थामा पनि आफु उमेदवार हुने पौडेलले बताएका थिए। उनले लामो समयदेखि आफुले तयारी गरेकाले पछाडी हट्न नैतिक संकट रहेको कुरा पनि सिटौलालाई अवगत गराएका छन्। संस्थापन तर्फका सवैको समर्थनमा आफु उमेदवार भएमा आफुले जित्ने दावी गरेका पौडेलले सरकार वा संसद वा पार्टीमै पनि चाहेको जस्तो जिम्मेवारी दिन आफु तयार रहेको आश्वासन सिटौलालाई दिएका थिए।
 
जवाफमा सिटौलाले भने आफु उमेदवारीबाट पछाडी नहट्ने बताएका थिए। आफ्नो उमेदवारीबाट नडराउन पनि सिटौलाले पौडेललाई आग्रह गरेका छन्। “तपाई मात्रै उमेदवार हुदाँ तपाईलाई विश्वास नगर्ने र तपाईले जित्नुहुन्न भन्ठान्ने कार्यकर्ता विच्कीएर देउवाजीतिर जान सक्छन्, तिनिहरुलाई संस्थापन तर्फ नै रोक्न पनि मैले उमेदवारी दिनुपर्दछ,” सिटौलाको तर्क थियो। उनले आफ्नो उमेदवारी संस्थापन पक्षकै हितका लागि हुने दावी पनि गरे। देउवासँग मुकाविला गर्न निर्णय क्षमता भएको व्यक्ति आवश्यक हुँदा पनि संस्थापन पक्षको लिगेसी बोकेको नाताले र शान्ति प्रक्रिया र संविधानका महानायकहरु गिरिजाप्रसाद र शुसिल कोइरालाका नजिक रहेर काम गरेका आधारमा पनि आफूले उमेद्वारी दिने सिटौलाले प्रष्ट्याएका छन्।
 
सिटौलाको भनाई अनुसार काँग्रेसको आगामी महाधिवेशनमा उनी सभापतिको उमेदवार हुने पक्का पक्की नै छ। यसरी हेर्दा सामन्यतः सभापतिका लागि तीन जना उमेदवार हुनेछन् । तीन जनाका विचमा मत बाँडीदा पहिलो चरणमा कुनै पनि उमेदवारले वहुमत नल्याउने संभावना बढी देखिएको छ। त्यस्तो अवस्थामा सवै भन्दा थोरै मत ल्याउने उमेदवार बाहिरिने र वाँकी दुई उमेदवारका विचमा प्रतिश्पर्धा हुने काँग्रेसको विधानमा व्यवस्था छ। 
 
यसरी वहुमत नपुगेपछि फेरी हुने प्रतिष्पर्धामा देउवा बाहिरिए पौडेल र सिटौला भिड्नेछन भने देउवा एक नम्वरमा भए सिटौला र पौडेल मध्येका एक जना वाहिरिने र अर्कोले देउवासँग प्रतिष्पर्धा गर्नेछन्। आफुले भन्दा धेरै मत पौडेलले ल्याएमा सिटौलाले पौडेललाई समर्थन गरेको घोषणा गरेर आफ्नो भोट पौडेललाई दिन आग्रह गर्ने र पौडेलले पनि आफू तेस्रो स्थानमा आए आफ्नो लागि मत माग्नुपर्ने सिटौलाले बताएको अहिले दुवै समुहमा चर्चा छ।
 
पौडेल र सिटौलाको उमेद्वारी आफूलाई रोक्ने रणनीति अन्तर्गत आएको आँकलन सहित देउवा पक्ष पनि नयाँ रणनीति बनाएर कसरी संस्थापन पक्षको मत धेरै भन्दा धेरै ल्याएर पहिलो चरणमै विजयी हुन सकिन्छ भन्नेमा लागेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ