arrow

बंगबन्धु कप फुटबल खेल्ने यी हुन् नेपाली खेलाडीहरु 

logo
प्रकाशित २०७५ असोज ९ मंगलबार
nepali-football.jpg

काठमाडौं । बंगलादेशमा हुने बंगबन्धु कप फुटबल प्रतियोगितामा सहभागिता जनाउन आगामी आइतबार बंगलादेश जाने नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण मंगलबारबाट सुरु हुँदैछ । नेपाल साविक विजेताका रुपमा भाग लिँदैछ । नेपालले केही दिनअघि मात्र विजेताको ५० प्रतिशत रकम पाएपछि तयारी थालेको हो । 

को को छन् खेलाडीहरु ? 
यस प्रतियोगिताको लागि नेपाली टोलीमा २ खेलाडी परिवर्तन पनि गरिएको छ । विदेशी लिगमा खेलिरहेका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द यस खेलका लागि उपलब्ध रहने छैनन् । किरणको स्थानमा विशाल श्रेष्ठ तथा रोहितको स्थानमा तेज तामाङले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।


गोलकिपरः विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ

रक्षकः दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, तेज तामाङ, सुमन अर्याल

मिडफिल्डः हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्डः भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ