काठमाडौं । बंगलादेशमा हुने बंगबन्धु कप फुटबल प्रतियोगितामा सहभागिता जनाउन आगामी आइतबार बंगलादेश जाने नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण मंगलबारबाट सुरु हुँदैछ । नेपाल साविक विजेताका रुपमा भाग लिँदैछ । नेपालले केही दिनअघि मात्र विजेताको ५० प्रतिशत रकम पाएपछि तयारी थालेको हो ।
को को छन् खेलाडीहरु ?
यस प्रतियोगिताको लागि नेपाली टोलीमा २ खेलाडी परिवर्तन पनि गरिएको छ । विदेशी लिगमा खेलिरहेका गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द यस खेलका लागि उपलब्ध रहने छैनन् । किरणको स्थानमा विशाल श्रेष्ठ तथा रोहितको स्थानमा तेज तामाङले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
गोलकिपरः विकेश कुथु, एलेन न्यौपाने र विशाल श्रेष्ठ