- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । कृषि उपज उत्पादनमा आवस्यक पर्ने युरिया मलको अभाबले यसपालि झापाका अधिकांश कृषकहरु चिन्तित देखिन्छन ।
धान बालिमा लगाउने युरिया मलको अभाबले यसपालि झापामा धान उत्पादनमा ब्यापक गिरावट आउने देखिन्छ । झापा जिल्ला गौरादह नगरपालिकाको गौरादह बजार छेत्रमा मल बिक्री गर्ने ४ वटा आधिकारिक डिलरहरु छ्न ।
जसमध्ये गौरादह १ मा रहेको गौरादह दुग्ध सहकारी सस्था कृषि सामाग्री सस्थानको आधिकारिक बिक्रेताहो ।यहि भाद्र महिनामा उक्त डिलर बाट जम्मा १७२ बोरा र असोज महिनाको ८ गते ५० बोरा मल सस्थान बाट आएको र उक्त मल आउने साथै बिक्री भैसकेको डिलरका ब्यबस्थापकले बताए ।
मल पाउने आसामा दैनिक ५०/६० जना किसान डिलरमा आउदै फर्कने गरेका छन । गत साल कृषि सामाग्री सस्थानले हप्तामा २५० देखि ३०० बोरा मल उपलब्ध गराएको थियो । यो बर्ष भने गतबर्षको भन्दा एक्दमै न्यून मात्रामा मल उपलब्ध भएको सस्थाका ब्यबस्थापक अम्बिका दाहालले बताए ।
त्यसैगरि गौरादह नगरपालिका वडा न १ गौरादह बजारमा रहेको दिनेस कृषि सामाग्री भण्डार साल्ट ट्रेडिङ कम्पनीको आधिकारिक बिक्रेता हो ।
सो डिलरमा भाद्र ३ गते ३५ बोरा र भाद्र ६ गते २५ बोरा युरिया मल आएको डिलरका संचालकले बताए । यस विषयमा बुझ्दा हाल साल्ट ट्रेडिङ कम्पनीको मल अभाब भएकोले डिलरमा भारत बाट आएको युरिया मल प्रती ग्राहक २० किलो ६०० का दरले बिक्री गरिरहेको पाइयो ।
त्यसैगरि गौरादह १ मै रहेको नब ज्योती कृषि सामाग्री भण्डार पनि साल्ट ट्रेडिङ कम्पनी लि. को आधिकारिक बिक्रेता हो । सो डिलरमा पनि भाद्र ३ गते ३५ बोरा र भाद्र ६ गते २५ बोरा युरिया मल आएको थियो । यसै गरि गौरादह २ मा रहेको विकल्प सहकारी सस्थाले पनि साल्ट ट्रेडिङ कम्पनी लि को मल बिक्री गर्ने गरेको छ ।
मलको हाहाकार भएको बारे समाचार संकलन गर्न उक्त सहकारीको मल बिक्री केन्द्रमा पुग्दा बिक्री केन्द्र बन्द रहेको पाइयो । बिक्री केन्द्रका सन्चालक प्रेम बहादुर खड्का लाई टेलिफोन गरि सोधपुछ गर्दा भाद्र महिनामा दुई पटक गरि जम्मा ६० बोरा युरिया मल आएको र त्यस पश्चात् मल अभाव भएको उनले जानकारी दिए ।
यस्तो जटिल समस्याबाट आक्रान्त बनेका किसानहरु स्थानीय व्यापारीले अबैध बाटो गरि भारतबाट ल्याएको युरिया मल किन्न बाध्य छन । साल्ट ट्रेडिङ कम्पनि र कृषि सामाग्री सस्थानले बजारमा उपलब्ध गराउने युरिया मल प्रती बोरा ८५० र डि. ए. पि. प्रती बोरा २३०० पर्दछ ।
तर मल अभाबको कारण भारतबाट ल्याएको युरिया प्रति बोरा १३०० का दरले किन्न बाध्य भएको किसान गरुको आम गुनासो छ । बजारमा मल अभाब छ , महङ्गो मुल्यमा मल किन्न सकिँदैन , अब धान पनि फुल्ने बेला भयो , यो समयमा धानमा युरिया मल हाल्दा धाननै बिगृने डर हुन्छ ! अधिकांश किसान हरुको यहि एउटै गुनासो पाइन्छ ।
प्रहरीहरु सुरक्षा चेक जाचमा मुख्य सडकमामात्र केन्द्रीत रहने हुदा भारतिय व्यापारी हरुले भरिया लगाएर भित्री बाटो प्रयोग गरि भारतबाट चोरी निकासी गरि अबैध मल खुलेआम नेपाल भित्र्याउने गरेको पाइन्छ ।
यसै कार्यमा संलग्न साइकलमा मल ल्याइरहेका एक व्याक्तीलाई सोधपुछ गर्दा भारतको जनता बजारबाट ९०० प्रती बोरा युरिया ल्याएर नेपालका पसलमा पुर्याएर १२०० मा बेच्ने गरेको बुझियो । आफ्नो परिचय नखुलाइदिन अनुरोध गर्दै उनले प्रहरीहरुले उनिहरु लाई कुनै प्रतिबादनगर्ने तथा व्यापारी हरुलेनै प्रहरीसँग लाइन मिलाउने गरेको बारेमा समेत जानकारी दिए ।
कृषि प्रधान देश , कृषिमा आत्म निर्भर बन्न यस्तै यस्तै समस्याले आक्रान्त छ । हरेक बर्स किसानले यस्तै समस्या निरन्तर झेल्दै आएको तथा उक्त समस्या जस्ताको तस्तै रहिरहेकोले किसानहरु लगातार सोही सास्ती भोग्न बाध्य छन ।
झापा जिल्ला धान खेतीको लागि अग्रणि जिल्ला भएतापनि सरकारले यहाको कृषि उत्पादन लाई बढावा दिनका निमित्त प्राबिधिक बिकास तथा रासायनिक मलको उपलब्धतामा विशेष ध्यान दिनु पर्दछ । अन्यथा देसको अर्थ तन्त्रको मुख्य स्रोतनै कमजोर बन्ने निश्चित प्राय छ ।