इएफएल कपबाट म्यान्चेस्टर सिटीसहित को चढे, को झरे ?
प्रकाशित २०७५ असोज १० बुधबार
587
Shares
काठमाडौं । इंगलिश फुटबल लिग इएफएलमा म्यान्चेस्टर सिटीलाई सफलता मिलेको छ । सिटी चौथो चरणमा पुगेको छ । सिटीले अक्सफोर्ड युनाइटेडलाई मंगलबार राति ३–० ले हरायो ।
सिटीलाई जिताउन गाब्रिअल जिसस, रियाद महरेज र फिल फोडेनले १–१ गोल गरे ।
प्रतियोगितामा एएफसी बर्नमाउथले ब्ल्याकबर्न रोभर्सलाई ३–२ ले हराउँदै, ब्ल्याकपुलले क्विन्स पार्क रेन्जर्सलाई २–० ले हराउँदै, बुर्टोन आल्बियनले बर्नलेलाई २–१ ले हराउँदै, फुल्हमले मिल्वाललाई ३–१ ले हराउँदै, नर्विच सिटीले वाइकोम्बेलाई ४–३ ले हराउँदै र क्रिष्टल प्यालेसले वेष्टब्रोमलाई ३–० ले हराउँदै चौथो चरणमा पुग्यो ।
त्यसैगरी लेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डेरर्सलाई, मिडिल्सब्रोले प्रेस्टन नर्थइन्डलाई र डर्बी काउन्टीले म्यान्चेस्टर युनाइटेडलाई पेनाल्टी सुट आउटमा हराउँदै चौथो चरणमा पुग्यो ।