arrow

कृषि तथा पशुविकास महिला सहकारी गठन 

logo
रमेश विक, 
प्रकाशित २०७५ असोज १० बुधबार
sahakari-mahila-samuha.jpg

गुल्मी । हेफर इन्टरनेशनलले ईस्मा गाउँपालिकाको अमरपुरमा ७ वटा मुल समुह , २४ वटा पावर समुहमा गरि ७ सय ६८ घरधुरीहरु मध्ये ६ सय २७ घरधुरीका महिलाहरुलाई आबद्ध गराई अमरपुर कृषि तथा पशुविकास महिला सहकारी गठन गरि आफुले सञ्चालन गरिरहेको परियोजना नै सहकारीलाई हस्तान्तरण गरेको छ ।

परियोजना हस्तान्तरण कार्यक्रम राखेर नयाँ गठन गरिएको सहकारीलाई परियोजना हस्तान्तरण गरिएको सहयोगी संस्था नबप्रभात युवा संघका अध्यक्ष शंकर पन्तले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा सहभागीहरुले आ–आफ्ना विचारसमेत प्रस्तुत गरेका थिए । पहिलेदेखि नै महिलाहरुलाई चुलो चौकोमा मात्र सीमित गराई राख्ने चलन पछिल्लो अबस्थासम्म पनि गाउँमा यथाबत रहँदै आएको बताउँदै ईश्मा गाउँपालिका वडा नं ६ अमरपुर कृषि तथा पशु विकास महिला सहकारी संस्थाकी अध्यक्ष देबकला थापाले बल्ल अमरपुरबासी महिलामा चेतना आउन थालेको बताइन् । 

गाउँमा कुनै कार्यक्रम, योजना र बिकास निर्माणका कार्यक्रमहरु भए पनि पुरुषहरु नै छड्के टोपी ढल्काउदै जाने , उनीहरु नै भलादमी बन्ने, अहिले आएर महिलाहरु पनि अगाडि बडनु पर्छ र महिलाहरुका हकहित र अधिकार लडेरै भएपनि लिनुपर्छ भन्ने चेतना बल्ल आएको अध्यक्ष थापाले स्पष्ट पारिन् ।

‘पहिले सबै बिषयहरु र बिकास निर्माण महिला आयआर्जन बिकासमा पुरुषहरु भाग लगाईदिएका र बाटा घाटा निर्माणमा बजेट लगाउथे, महिलाहरुको बिकासमा र व्यक्तित्व बिकासमा कसैको नजर जादैनथे सबै अधिकार कसैले दिएर नहुँदो रहेछ आफै अगाडि नसरेसम्म केही पनि हुँदो रहेनछ’, अध्यक्ष थापाले थप्दै भनिन् ।

त्यसैगरी ‘दुई –‘‘चारजना भेला भएको ठाउँमा गएर आफना कुरा राख्न सकिँदैनथ्यो, अहिले आएर पुरुष बराबर डटेरै कुरा गरिन्छ, महिलाहरुको आयआर्जनमा बृद्धि र आत्म निर्भरताको बिषयमा अमरपुरका महिलाहरु एक आपसमा मिलेर सहकारीमा आबद्ध भएका छौं , पुरुषले भन्दा नमुना योग्य काम गरेरै छाड्ने गरि योजना बनाएका छौं’’ सहकारीकी सचिब निमकला अर्यालले भनिन् । 

‘‘पहिले स–साना बालबच्चाका लागि कापी किताब किन्नका लागि र हातमा चुरा , निधारमा टिकी किन्नका लागि पनि श्रीमानजीकै भर पर्नु पर्दथ्यो अहिले आबश्यक परे उनीहरुलाई नै सहयोग गर्न हामी अमरपुरका प्रत्येक महिलाहरु सक्षम बनेका छौं । आफ्ना कुराहरु राख्न पनि अहिले डराउँदैनौं । सबै महिलाहरुको एकमत छ अमरपुरका महिलाहरुलाई आत्म निर्भर र ब्यक्तित्व बिकाससंगै बाख्रापालनमा ब्यबसायिक र नयाँ–नयाँ घाँसका जातसंगै डालेघासले अमरपुरकै मुहार फेरिदिएकोमा हेफर ईन्टरनेशनल, नेपाल परियोजना अमरपुरका महिलाहरुका लागि कहिल्यै भुल्न नसक्ने बनेको छ ।’’ कोषाध्यक्ष बिष्णुमाया भण्डारीले हेफर इन्टरनेशनलप्रति कृतज्ञताको भाव प्रकट गर्दै भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ