बंगलादेश एसिया कपको फाइनलमा, पाकिस्तान बाहिरियो, फाइनल भारतसंग
प्रकाशित २०७५ असोज ११ बिहिबार
471
Shares
काठमाडौं । पाकिस्तानलाई हराउँदै बंगलादेश एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति युएईको दुबाईमा भएको सुपर फोर चरणको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले हराउँदै फाइनलमा ठाउँ बनाएको हो ।
खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले ४८.५ ओभरमा अलआउट हुनुपूर्व २३९ रन जोड्यो । विकेटकिपर ब्याट्सम्याज मुस्फिकर रहिमले ९९ रन जोड्दा मोहोमद मिथुनले ६० रन बनाए ।
पाकिस्तानका जुनेद खानले ४ विकेट लिए । जवाफमा पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन मात्रै बनाउन सक्यो ।
ईमाम उल हकले ८३ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
बंगलादेशका मुस्तफिजुर रहमानले ४ विकेट लिए ।
यो जितसँगै बंगलादेशले भारत विरुद्धको उपाधि भिडन्त तय गरेको छ । फाइनल खेल शुक्रबार हुनेछ ।