जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुँदै, विजेतालाई एक लाख
रमेश विक
प्रकाशित २०७५ असोज ११ बिहिबार
641
Shares
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला स्तरीय क्रीकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपाल क्रिकेट एसोसिएन अफ गुल्मीको तदर्थ समितिले आयोजना गरेको उक्त प्रतियोगिता यही कार्तिक १२ गतेदेखि सञ्चालन हुने भएको छ ।
गुल्मी जिल्लामै क्लव वा टिमको रुपमा दर्ता भएका टिमहरुले मात्रै प्रतियोगीतामा सहभागी हुन पाउने छन् भने प्रत्येक टिममा कम्तीमा १२ जना खेलाडी गुल्मी जिल्लाकै स्थानीय हुनु पर्नेछ ।
जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा गुल्मी जिल्लाका १६ वटा टिमको सहभागीता रहने छ । टिमका खेलाडीको नागरीकता वा सम्बन्धीत वडाको सिफारीसका आधारमा स्थानीय पहिचान गरिने कुरा तदर्थ समितिका अध्यक्ष श्याम क्षेत्रीले बताएका छन् ।
क्रिकेट प्रतियोगिता तम्घासको खेलमैदान चिदीचौरमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाखका साथमा ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्नेछ ।
दोश्रो हुने टिमका लागी नगद रु।तिस हजारका साथमा ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरीज लाई नगद रु १०,००० उत्कृष्ठ ब्याट्सम्यानलाई नगद रु १०,०००, उत्कृष्ठ बलरलाई नगद रु १०,००० र उत्कृष्ठ फिल्डरलाई नगद रु १०,००० प्रदान गरिने अनौपचारीक रुपमा छलफल भइसकेको भएता पनि खेलको आधिकारीक निर्णय चाँडै नै एक कार्यक्रमकाबीच सार्वजनिक गरिने तदर्थ समितिका कोषाध्यक्ष राजु कुँवरले बताए ।
खेलमा सहभागी हुने टिमले दशैं अगावै टिम दर्ता गराउनु पर्ने र टिम दर्ताका लागि रु ५००० शुल्क लाग्ने कुरा तदर्थ समितिका सदस्य महेश्वर घिमिरेले बताए ।
जिल्लामा क्रिकेटको अन्य कुनै आधिकारिक निकाय नभएको अवस्थामा पनी २०६४ सालमा तदर्थ समितिको रुपमा गठीत क्रिकेट एसोसिएन अफ गुल्मीले बेला बखत आयोजना गर्ने विभीन्न प्रतियोगिता तथा कार्यक्रमले समग्र गुल्मी जिल्लाको क्रिकेट खेल विकासमा महत्वपूर्ण योगदान पु¥याउदै आएको छ ।
विभिन्न व्यवसायिक प्रतिष्ठानको प्रायोजन , सरकारी तथा गैह् सरकारी संघ संस्थाबाट आर्थिक सहयोग जुटायर प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतियोगितामा अन्दाजी रु पाँच लाख भन्दा बढी खर्च हुने अनुमान गरिएको तदर्थ समितिका कोषाध्यक्ष कुँवरले बताए ।