arrow

जडीबुटी प्रशोधन केन्द्र बन्द

logo
प्रकाशित २०७५ असोज ११ बिहिबार
jajarkot.png

जाजरकोट । जिल्लाको एक मात्र जडीबुटी प्रशोधन केन्द्र बन्द हुँदा व्यवसायी मारमा परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका–१ खातीज्युलामा २०५५ सालमा स्थापना गरिएको त्रिपुरासुन्दरी जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र विगत १८ वर्षदेखि बन्द छ ।

विश्व वन्यजन्तु कोष नेपाल, बिएसपी न्युएरा र साविकको त्रिपुराकोट गाविसको आर्थिक सहयोगमा रु १९ लाखमा स्थापना गरिएको सो केन्द्र दुई वर्षसम्म मात्र सञ्चालनमा आएको थियो । जटामसी, समायो, पिरे घाँसलगायतका जडीबुटी प्रशोधन गर्ने गरिएको थियो । जडीबुटी सङ्कलन र प्रशोधन जिल्लामै गरिन थालेपछि व्यापारीलाई सहज भएको थियो ।

जडीबुटी प्रशोधन गर्ने क्रममा वन जङ्गल मासिन थालेपछि इन्धनको अभावका कारण प्रशोधन केन्द्र बन्द भएको थियो । उद्योग सञ्चालन गर्न स्थानीय तहले चासो नदेखाएको त्रिपुरासुन्दरी नगरपालिका–१ का पूर्व गाविस सचिव कालीप्रसाद खत्रीले बताए। “थोरै लगानीमा घरमै बसेर जडीबुटीबाट मुनाफा कमाइन्थ्यो, अहिले जडीबुटी अन्यत्र लैजाँदा समस्या भएको छ,” जडीबुटी व्यापारी कन्नबहादुर शाहीले भने ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा बन्द प्रशोधन केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको बताउछन्। “आवश्यक उपकरणको व्यवस्था गरी प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ,” उनले भने । केन्द्र सञ्चालनमा आए जडीबुटी सङ्कलक र व्यापारीले पर्याप्त आम्दानी गर्नसक्ने छन् । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ