दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्य : पर्यटनमन्त्री
प्रकाशित २०७५ असोज ११ बिहिबार
208
Shares
काठमाडौँ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताएका छन् ।
नेपाल पर्वतारोहण सङ्घको २८ औँ वार्षिक साधरणसभाको बिहिबार यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई तीब्रता दिएको र अबको १० वर्षको अवधिमा भौतिक पूर्वाधारमा उल्लेख्य विकास भई पर्यटकका लागि सहज वातावरण बन्ने उल्लेख गरे।
उनले ‘टुरिज्म एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ को नाराका साथ विश्व पर्यटन वर्ष मनाउँदै गर्दा सञ्जालमार्फत उच्च गुणस्तरका सामग्री प्रस्तुत गर्नसमेत आग्रह गरे ।
मन्त्री अधिकारीले लामो समयदेखि बिग्रीएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको रिह्याबका लागि काम भइरहेको समेत जानकारी दिए। सन् २०२० भन्दा अगाडि नै रिह्याबको काम सकाएर उक्त विमानस्थललाई २४ घण्टा नै सञ्चालनमा ल्याउने उनको भनाई थियो ।