arrow

वीरगन्जमा प्रहरीले गर्‍यो सुराकी परिचालन, १३ लाख भन्दा बढी मुल्यको कपडा बरामद

logo
बिजय चौहान,
प्रकाशित २०७५ असोज १२ शुक्रबार
kapada1.jpg

वीरगन्ज । खुल्ला सिमानाको फाइदा उठाउदै वीरगन्जको विभिन्न नाकाबाट भन्सार महसुल छलि गरेको कपडा भित्र्याउने पर्सामा क्रम बढेको छ । वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सौल लगायतका स्थानबाट खरिद गरिएका महिला, पूरुष तथा बच्चाहरुले लगाउने कपडा रातीको समयमा नेपाल भित्र्याउने क्रम बढेको हो ।

नजिकदै गरेको दशैं तिहारका बेला बढी विक्री हुने कपडाको अबैध आयात बढेपछि त्यसलाई  नियन्त्रण गर्न पर्सा प्रहरीले अभियान नै चलाएको छ ।  रातको समयमा सिमाक्षेत्रमा निगरानी बढाउनुको साथै अबैध रुपमा भित्र्याइएको मालसमान पक्राउ गर्न सुराकी नै परिचालन गरेको प्रहरीले जनाएको छ ।

यसै क्रमा शुक्रबार विहान वीरगन्जको छपकैयाबाट प्रहरीले १३ लाख भन्दा बढी मुल्यको भन्सार छली भित्र्याएको विभिन्न कपडा बरामद गरेको छ । विषेश सुचनाको आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका–१ छपकैया निवासी राजेश साह तेलीको घरमा भण्डारण गरि राखिएको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्यनारायण  थापाले जानकारी दिए।

प्रहरीले छापामारी सर्टिङग सुटिङ , कुर्ता सुरुवाल, बच्चाहरुको सुट लगायतका कपडा भारी परिमाणमा बरामद गरेको छ । बरामद भएको कपडाको कुनै कागजात नभएपछि आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार पठाउने तयारी भएको नायब उपरिक्षक थापलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ