arrow

पाकिस्तानको निम्तोमा राष्ट्रिय सभाबाट को को जाँदैछन् ? 

logo
प्रकाशित २०७५ असोज १५ सोमबार
sanghiya-samsad.png

काठमाडौं । पाकिस्तान सरकारको निम्तोमा राष्ट्रिय सभाबाट को को जाने भन्ने चासो अहिले सर्वत्र छाएको छ । 

पाकिस्तानी संसदले कार्तिक ११ र १२ गतेको संसदका लागि राष्ट्रिय सभाका लागि पत्र आएपछि अहिले पाकिस्तान जाने सांसदको छनोट भइरहेको छ । 

स्रोतका अनुसार अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा टोली पाकिस्तान जाने तयारी भइरहेको छ । 

तर तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले भने हालैमात्र पत्र आएकाले अझै टुंगो नलागेको बताए । 

हाम्राकुरासंग उनले भने, ‘पत्र हालै आएको छ, सामान्य छलफल भएको छ, को जाने वा नजाने भन्ने टुंगो लागेको छैन, फेरि छलफल भएर टुंगो लाग्ला ।’

उनले अगाडि भने, ‘राष्ट्रिय सभाको निर्णयलाई सरकारले पनि स्वीकृति दिनुपर्यो त्यसपछिमात्र छिनोफानो होला ।’

सामान्यतयाः यस्तो बोलावटमा ६–७ जना जाने चलन रहेको छ । पौडेलले अहिले नै अध्यक्ष ज्यू जाने भन्ने कुरामा सत्यता नभएको बताए । 

उनले भने, ‘जाने नजाने टुंगो नै नलागेकाले कसको नेतृत्व भन्ने कुराले अर्थ राख्दैन, छलफल जारी छ ।’

 

 


 



नयाँ