- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डोनेसियाका १२०० कैदीहरु जेलबाट फरार भएका छन् । मुलुकमा आएको भूकम्पपछिको सुनामीको कारण मानिसहरु त्यसमा केन्द्रित भएको मौका छोपी उनीहरु जेलबाट फरार भएका हुन् ।
सोमबार इन्डोनेसियाको न्याय मन्त्रालयले दिएको जानकारीअनुसार भूकम्पपछि केही कमजोर पर्खाल सबै केदीहरुले भत्काएर भागेका हुन् । इन्डोनेसियाको पालु सहरबाट कैदीहरु भागेको जानकारी दिइएको छ ।
अधिकारीहरुले जेलमा बस्दा असुरक्षित हुने मशुस गरेका कारण उनीहरु भागेको हुनसक्ने बताएका छन् । साथै केही जेलहरुमा भूकम्पबाहेकको समस्या पनि देखिएको कारण कैदीहरुमा त्रास बढेको बताइएको छ ।
इन्डोनेसियाको जेलबाट संकट आउनुभन्दा एक दिनअघि मात्र पनि पाँचजना कैदीहरु भागेका थिए । (एजेन्सी)