सुनिल शिवाकोटी, हेटौंडा। मकवानपुर भैंसे–६, सानुटार स्थित रहेको निर्माणधीन १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको लगानी र निर्धा्रित समयमा करिब दोब्बर बृद्धि भइसकेपनि विद्युत् उत्पादनको समय भने अझै अनिश्चित छ।
आयोजनाको इलेक्टोमेकानिकलतर्फ करिब ६० प्रतिशतमात्र काम पूरा भएको छ। त्यसका लागि आवश्यक करिब ९० प्रतिशत सामान आयोजनास्थलसम्म आइसकेको अवस्थामा बाँकी सामान आयातमा ठेकेदार कम्पनी चीनको जेजुयान जिनलुनले नल्याउँदा दोब्बर समयपनि व्यर्थै बितेको आयोजनका प्रशासन प्रमुख नरेन्द्र श्रेष्ठले बताए ।उनका अनुसार भुक्तानी पाइसकेको कम्पनीले आवश्यक अन्य सामान नल्याउँदा काममा भएको ढिलाई र अर्को तिर इन्धन अभावका कारण थप समस्या भएकाले आयोजना निर्माण पूरा हुने समय अनिश्चित बनेको बताए । सामान ल्याउन ढिलाई गरेबापत् ठेकेदार कम्पनीलाई प्रतिदिन चार लाख रुपियाँका दरले दस प्रतिशत जरिवाना तिराइसकिएको तर, उसले आवश्यक करिब दस प्रतिशत सामान नल्याउँदा विद्युत् उत्पादन समय एकिन गर्न नसकिएको श्रेष्ठको भनाइ छ ।
सामान ल्याउन ढिलाई गरेबापत् ठेकेदार कम्पनीलाई प्रतिदिन चार लाख रुपियाँका दरले दस प्रतिशत जरिवाना तिराइसकिएको तर, उसले आवश्यक करिब दस प्रतिशत सामान नल्याउँदा विद्युत् उत्पादन समय एकिन गर्न नसकिएको श्रेष्ठको भनाइ छ ।
सन् २००८ को अप्रिल २७ देखि सुरु गरी २०१२ सम्ममा सम्पन्न गर्ने लक्ष्यसाथ निर्माण सुरु गरिएको आयोजना ठेकेदार कम्पनी र प्राधिकरणका कारण दोब्बर समयमा पनि सम्पन्न हुन सकेको छैन । दोस्रोपटक ३० महिना म्याद थप गर्दा पनि निर्माण कार्य सम्पन्न नभएपछि आयोजनाले असारभित्र काम सक्न पत्राचार गर्नुपरेको थियो । आयोजना निर्माण कार्य गर्दै आएको सिभिल र इलेक्टोमेकानिकलका दुवै निर्माण कम्पनीलाई दोस्रोपटक समय तोकिएको थियो । दुई अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ काम सुरु गरिएको आयोजनाको लागत झण्डै दोब्बर बृद्धि भएर चार अर्ब २२ करोड पुगिसकेको छ । तर समयभित्रमा पनि निर्माण पूरा हुन नसकेको हो ।
भैंसे–६, सानुटारस्थित पावर हाउसदेखि बयलबासस्थित टावरसम्मको करिब पाँचसय मिटर क्षेत्रलाई जोड्न लाइन बिस्तार गर्न लागिएको र लाइनको बीचमा रहने तीनवटा टावरका लागि जग्गा अधिग्रहण पूरा भएको आयोजनाले बताएको छ ।
हेडवक्र्स (पानी प्रवेश गराउने सुरुङ्कको भाग) को काम र सुरुङ्कभित्र लाइनिको काम सकिएको छ । निर्मित करिब कुल चार दशमलव ७ किलोमिटर लामो सुरुङ्कको ब्रेकथ्रु भइसकेको छ । पछिल्ले समय मधेशीमोर्चले गरेको लगातारको तराई बन्द भारतल गरेको नाकाबन्दी र इन्धन अभावका कारण थप समस्या भएकाले आयोजना निर्माण पूरा हुने समय अनिश्चित बनेको हो ।