arrow

बंगबन्धु गोल्डकप फुटबलको पहिलो खेलमै लड्यो नेपाल

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
nepal-bangabandhu.jpg

काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलमा नेपालले हारबाट यात्राको सुरुआत गरेको छ । साविक विजेता नेपालले पहिलो खेलमा मंगलबार राति ताजकिस्तानसँग २–० ले पराजित भयो । 

२७ औं मिनेटमा फाथ्खुल्लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको थियो। नेपाली टोलीका रक्षक अनन्त तामाङले विपक्षी खेलाडीलाई पेनाल्टी बक्समा फाउल गरेपछि ताजकिस्तानले पेनाल्टी पाएको थियो । फाथुएल्लोभले कुनै गल्ति विना गोल गर्दै ताजकिस्तानलाई अग्रता दिलाए ।

७२ औं मिनेटमा तुरानोभ कामरोभले गोल गर्दै अन्तरलाई दोब्बर पारेका थिए । यो हारले नेपालको उपाधि रक्षाको अभियान कठिन मोडमा पुगेको छ ।

समूहमा रहेका तीन टोलीमध्ये शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन् । नियमित कप्तान विराज महर्जन घाइते भएपछि निराजन खड्काले टोलीको कप्तानी सम्हालेका थिए । 

समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ