arrow

१ केजीका ५ वटा सुनको टुक्रासहित तामाङ्ग पक्राउ

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
gold.jpg

काठमाडौं । महानगरीय प्रहरी परिसरले ५ किलो  सुन सहित १ जना पक्राउ गरेको छ ।  रसुवा गोसाईकुण्ड थमान ९ घर भएका १८ बर्षका सो वहादुर तामाङ्गको साथबाट प्रहरीले १ केजिको ५ वटा सुनको टुक्रा फेलापारी  उनलाई पक्राउ गरेको हो ।   
 
केरुङ नाकाबाट सुन तस्करी भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी परिसरको विशेष प्रहरीले तिन पिप्ले वालाजुमा निगरानीटोली खटाई तामाङ्गमाथि चेकजाँच गर्दा उनको शरिरवाट ५ टुक्रा सुन फेला परेको प्रहरीले जनाएको छ ।

तामाङ्गलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ