काठमाडौं । महानगरीय प्रहरी परिसरले ५ किलो सुन सहित १ जना पक्राउ गरेको छ । रसुवा गोसाईकुण्ड थमान ९ घर भएका १८ बर्षका सो वहादुर तामाङ्गको साथबाट प्रहरीले १ केजिको ५ वटा सुनको टुक्रा फेलापारी उनलाई पक्राउ गरेको हो ।
केरुङ नाकाबाट सुन तस्करी भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी परिसरको विशेष प्रहरीले तिन पिप्ले वालाजुमा निगरानीटोली खटाई तामाङ्गमाथि चेकजाँच गर्दा उनको शरिरवाट ५ टुक्रा सुन फेला परेको प्रहरीले जनाएको छ ।
तामाङ्गलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा राखिएको छ ।