arrow

विद्युत् चोरी गरि प्राधिकरणको कर्मचारीलाई थर्काउने तीन जनालाई जरिबाना

logo
प्रकाशित २०७५ असोज १७ बुधबार
electricity-cut.gif

मेलम्ची । हेलम्बु गाउँपालिका–३ पाल्चोकमा विद्युत् प्राधिकरणको कर्मचारीलाई दुर्व्यवहार गर्ने तीन जनाले आइन्दा यस्तो नगर्ने प्रतिबद्धता गरेका छन् ।

 केही दिनअघि मिटर जाँच गर्न जाँदा कर्मचारी अमृत ढकाललाई स्थानीय गोपाल तोलाङ, कृष्ण तामाङ, रामबहादुर नेपालीले दुर्व्यवहार गरेका थिए ।

हिजो वडाध्यक्ष, प्रहरी प्रशासन, पीडित र भद्र भलादमीको उपस्थितिमा विद्युत् चुवावट गर्नेलाई जरिवानासहित सम्झाइबुझाइ पठाइएको मेलम्ची हेलम्बु वितरण केन्द्रका प्रमुख बलराम नेपालले जानकारी दिए।

 आगामी दिनमा वडामा विद्युत् चुवावट कम गर्न सहयोग गर्ने कर्मचारीलाई सहजरुपमा काम गर्न वातावरण मिलाउने, कर्मचारीबाट गल्ती भए कार्यालयमा जानकारी गराउने सहमति गरिएको नेपालले जानकारी दिए।

विद्युत् चुवावट गर्ने गोपाल तोलाङेबाट २८ हजार, कृष्ण तामाङबाट ६२ हजार र रामबहादुर नेपालीबाट रु ११ हजार जरिवाना असुल उपर गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ