चितवनका एसपी दोषि देखिए कारबाही हुन्छ : आईजीपी खनाल
बिजय चौहान,
प्रकाशित २०७५ असोज १७ बुधबार
231
Shares
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक शुशिल सिंह राठौंरको कारण वीरगन्जका व्यपारीमा ठुलो त्रास फैलिएको छ । चितवनका प्रहरी उपरिक्षक राठौंरले सम्पुर्ण कागपत्र भएको मालवाहक गाडिलाई नियन्त्रणमा लिई बेवारिसे भन्दै भन्सार बुझाई व्यपारीलाई दुःख दिनेकार्य सुरु गरेपछि वीरगन्जका व्यपारी त्रसित भएका हुन ।
भदौं १७ गते भरतपुरको गोद्राङ्गबाट प्रहरीले नियन्त्रणमा लिएको ना ३ ख ४३५९ नम्बरको ट्रकलाई उपरिक्षक राठौंरले व्यक्तिगत लाभका लागि भदौं १९ गते बेवारिसे भन्दै वीरगन्ज भन्सारमा बुझाएपछि प्रहरीले दुःख दिने होकी ? भन्दै वीरगन्जका व्यपारी त्रसित भएको हुन ।
वीरगन्जबाट काठमाडौंका लागि हिडेको ट्रकलाई नियन्त्रणमा लिंदा सबै कागजा भएको र उपलब्ध कागजात सहित आफुले मालसामान लोड भएको ट्रकलाई सोही दिन साढे दश बजे जिल्ला प्रहरी कार्यालयमा बुझाएको गोद्राङ्ग प्रहरी चौकीका इन्र्चाज प्रहरी नायब निरीक्षक बुद्धी चौधरीले बताए । कागज पत्र भएको ट्रकलाई यदी बेवारिसे भन्दै भन्सार बझाएको हो भने, सो वारे उपक्षिक राठौंरले नै जवाफ दिने सई चौधरीको भनाइ रहेको छ ।
यसै विषयमा प्रदेश नं. ३ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक कुमार थापासंग बुझदा उनले ट्रक पक्राउ परेको बारे आफुलाई जानकारी भएको र उपलब्ध कागजात सहित आवस्य कार्यवाहीका लागि ट्रकलाइ भन्सार बुझाउन उपरिक्षक राठौंरलार्ई निर्देशन दिएको बताए । कागज भएको ट्रकमा कागज भन्दा बढी मात्रामा समान भएको सुचनाको आधारमा नियन्त्रणमा लिइएको उपरिक्षक राठौंले जानकारी दिएपनि बेवारी भन्दै भन्सार दाखिला गरेको वारे आफु समेतलाई जानकारी नदिएको बताए ।
यसै विषयमा प्रहरी महानिरीक्षक सवेन्द्र खनालसंग बुझ्दा उनले उपरिक्षक राठौंरले पक्राउ गरेको ट्रकबाट माल समान हराएको र कागजात भएको ट्रकलाई बेवारीसे भन्द भन्सार बुझाएको जानकारी पाएपछि छानविन गरी कारबाही गर्न मातहतलाई निर्देशन दिएको जानकारी दिए ।
‘प्रहरीले सबैको हितको कानुनबमोजि रक्षा गर्नु पर्छ, तर प्रहरीबाट जनतलाई दुःख दिने कार्य भए कारबाही हुन्छ नै’ महानिरीक्ष खनालले प्रतिवद्धता व्यक्त गरे ।
दशैं, तिहार जस्ता चाँड पर्व नजिकिदै गएको बेला व्यपारीलाई दुःख दिई रकम असुली गर्ने उदेश्यले कागज पत्र भएको ट्रकलाई उपरिक्षक राठौंरले बेवारीसे बनाएको व्यपारीहरुको आरोप रहेको छ । प्रहरीले नियन्त्रणमा लिएको ट्रकबाट ३ लाख भन्दा बढीको कपडा लगाएका समान चोरी भएको भन्सार प्रज्ञापनले प्रमाणित गरेको व्यपारीहरुको भनाई रहेको छ ।
ट्रकमा लोडरहेको भित्री लुगा ब्रा समेत प्रहरीले चोरी गरेको ट्रकका चालक रहमत मियाँले बताए । चेक जाँच गर्ने नाममा प्रहरीले ट्रकमा रहेको कपडासँगै ब्रा चोरी गरेको र सो वारे उपस्थित प्रहरी निरीक्षकलाई गुनासो गर्दा समेत उल्टै गाली खानु परेको मियाँको भनाई रहेको छ ।
देशकै मुख्य व्यपारीक नगरी वीरगन्जबाट मुलुको विभिन्न स्थानका लागि दैनिक एक हजार भन्दा बढी मालबाहक वाहन जाने गर्द छ , वीरगन्जबाट हिडेको वाहन मध्य ८० प्रतिशत वाहन चितवन भएरै जानु पर्ने आवस्था रहेको र चिवनमा कागज पत्र भएपनि प्रहरीबाट अनआवस्यक झमेला गरी रकम अशुलने परपन्च भइरहेको व्यपारीले गुनासो गरेका छन् ।